कीवर्डहरू -

अपडेट

तीनवटा स्क्रिन भएको स्मार्टफोन लन्च हुने तयारीमा

स्मार्टफोन बजारमा साउथ कोरियन कम्पनि एलजीले आफ्नो सबभन्दा ठुलो प्रडक्टलाई चाँडै लन्च गर्ने तयारी गरिरहेको छ । एलजीको यो स्मार्टफोन अहिलेसम्मकै अलग स्मार्ट हुनेछ । यो फोनको बिशेषता नै यसमा तीन स्क्रिन वाला डिस्प्ले रहने छ ।

खबरका अनुसार कम्पनिले यो प्रोजेक्टको लागि लामो समय देखि काम गरिरहेको थियो र अहिले यसको सफल परिक्षण समेत भइसकेको छ । खबरका अनुसार यो फोनलाई जरुरतको हिसाबले फोल्ड पनि गर्न सकिने छ र तिनवटै स्क्रिनमा टच फेसीलिटि समेत रहने छ ।

बिभिन्न खबरहरुबाट प्राप्त जानकारीका अनुसार एलजीको यो स्मार्टफोनमा तीन स्क्रिन मध्ये एउटा मेन स्क्रिन रहने छ । युजरहरुले आफ्नो सुबिधा अनुसार दुइ स्क्रिनलाई बन्द पनि प्रयोग गर्न सक्नेछन् । यसका साथै प्रयोगकर्ताहरुले तिनवटै स्क्रिनलाई एकै पटक ठुलो स्क्रिनको रुपमा पनि प्रयोग गर्न सक्ने छन् । तीन स्क्रिनको  मद्दतले फोनमा मल्टी टास्कीङ अझ सजिलो हुनेछ । अहिले सम्म कम्पनिले फोनको बारेमा कुनै पनि प्रकारको आधिकारिक घोसणा भने गरेको छैन् ।

यो भन्दा अघि चीनको स्मार्टफोन निर्माता कम्पनि जेडटिइले फोल्डएबल स्मार्टफोन जेडटिइ एक्सोन एम सार्वजनिक गरेको थियो ।उक्त जेडटिइ एक्सोन एम मा ५.२ इन्चको दुइवटा डिस्प्ले रहेको थियो । एलजीले तीनवटा स्क्रिन वाला डिस्प्ले भएको स्मार्टफोन सार्वजनिक गरे पश्चात: एलजीको यो फोन र जेडटिइको एक्सोन एम बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

एलजी कम्पनिले आफ्नो तीन स्क्रिन भएको स्मार्टफोन कहिले सम्म सार्वजनिक गर्ने भन्ने बारेमा आधिकारिक घोसणा भने गरेको छैन् । यसका साथै उक्त फोनका अन्य फिचरहरुका बारेमा समेत कुनै जानकारी प्राप्त भएको छैन् ।

अपडेट

ड्राइभरले अल्कोहल खाएमा नचल्ने मोटरसाइकल 


बुटवलमा सम्पन्न सातौ संस्करणको इन्फोटेकमा विद्यार्थीहरुले बनाएका विभिन्न आकर्षक प्रविधिहरु देख्न सकिन्थ्यो । ओपन टेक कम्पिटिशन अन्तर्गत विभिन्न १२ प्रोजेक्ट…

पोखरामा डिजिकम क्यान इन्फोटेक : कसले के भन्छन् ?

प्रविधिलाई स्थानीयस्तारमा विस्तार गर्न क्यान इन्फोटेकले सहयोग गरेको छ

सुरु भयाे सुन्दर नगरी पोखरामा \'डिजिकम क्यान इन्फोटेक २०१८\'

कम्प्युटर एशोसिएशन नेपाल महासंघ कास्की शाखाको आयोजनामा पोखरामा नवौं संस्करणको ‘डिजिकम क्यान इन्फोटेक मेला २०११८ इन एशोस…

चितवनमा सुरु भयो तेस्रो संस्करणको डिजिकम क्यान इन्फोटेक

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) चितवन शाखाको आयोजनामा आजदेखि तेस्रो संस्करणको डिजिकम क्यान इन्फोटेक २०१८ इन एशोसिएसन विथ अक्सफोर्ड कलेज सुरु भएको छ…