कीवर्डहरू -

प्रदेश १ लाई डिजिटल प्रदेशको रूपमा बिकसित गरिने

प्रदेश १ लाई डिजिटल प्रदेशको रूपमा बिकसित गरिने

प्रदेश १ लाई डिजिटल प्रदेशको रूपमा बिकसित गरिने भएको छ । बुधबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रदेशसभामा प्रस्तुत गर्दै प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले डिजिटल प्रदेशको रूपमा बिकसित गरिने बताएका हुन् ।

उनले सूचना प्रविधिको उपयोग गरी यस प्रदेशलाई डिजिटल प्रदेशको रूपमा बिकसित गरिने बताए ।

त्यस्तै विराटनगर, इटहरी, धरान, दमक, विर्तामोड र काकडभिट्टा लगायतका मुख्य चोकमा ट्राफिक लाइट जडान गर्न १ करोड २५ लाख रूपैयाँ विनियोजन गरिएको छ ।