कीवर्डहरू -

टेलिकमको एनटीटिभी प्रदेश १ मा सुरु

टेलिकमको एनटीटिभी प्रदेश १ मा सुरु

नेपाल टेलिकमले प्रदेश १ मा समेत आफ्नो आईपीटिभी सेवा एनटीटिभी सञ्चालनमा ल्याएको छ । एउटै अप्टिकल फाइबरमा टेलिफोन, इन्टरनेट र टिभी उपलब्ध गराउने योजना अनुरूप कम्पनीले शुक्रबारदेखि प्रदेश १ मा समे यो सेवा सुरु गरेको हो ।

यो सेवा फाइबर नेटवर्क विस्तार भएका अन्य स्थानहरूमा दशैँ पछाडि र तिहार अघि नै शुरु गरिने नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक सूर्यनारायण मालाकारले बताए ।

निर्देशक मालाकारले सेवा विस्तारसँगै आवश्यक पर्ने ग्राहकको सपोर्टका लागि प्राविधिक जनशक्ति समेत थप्दै लैजाने तयारी भइरहेको जानकारी दिए । कम्पनीले २०७७ पुस १७ गतेदेखि पहिलो पटक काठमाडौंबाट यो सेवा सुरु गरेको थियो ।