काठमाडौं। इन्टरनेट र प्रविधिको विकासले गर्दा घरमै बसेर मानिसहरुले विश्वका विभिन्न गतिविधि सजिलै थाहा पाउन सक्छन।
प्रविधिले गर्दा मानिसका धेरै काम सहज भएका छन। आज हामि तपाईलाई सामाजिक सञ्जाल फेसबूक बारे केहि रोचक जानकारी सुनाउदै छौ।
सामाजिक सञ्जाल फेसबूकमा आगामी ५० वर्षपछि जीवित भन्दा मरेका व्यक्तिहरुको प्रोफाइलको संख्या धेरै हुने बेलायतको अक्सफोर्ड युनिभर्सिटीले गरेको अध्ययनले देखाएको छ। सन २०७० सम्ममा फेसबूकमा जीवित व्यक्ति भन्दा मरेका व्यक्तिको प्रोफाइलको संख्या बढी हुनेछ।
आगामी ५० वर्षपछि फेसबूकमा अहिले भएका २ दशमलब ३ अर्ब प्रयोगकर्ता मध्ये कम्तिमा १ दशमलब ४ अर्ब प्रयोगकर्ता मरिसकेका हुनेछन।