कीवर्डहरू -

सामसङको दशैं तिहार अफर, टिभी र होम अप्लायन्स खरिदमा ४१ प्रतिशतसम्म छुट

सामसङको दशैं तिहार अफर, टिभी र होम अप्लायन्स खरिदमा ४१ प्रतिशतसम्म छुट

२०८० सालको दशैं-तिहारको मौकामा सामसङ नेपालले “रमाइलो दशैं तिहार, मायाले भरौ घर परिवार” शीर्षकको नयाँ चाडपर्व अफर घोषणा गरेको छ । चाडपवर्को अवसरमा कम्पनी टेलिभिजन सेट र होम अप्लायन्सहरू ४१ प्रतिशतसम्मको छुट दिने भएको हो ।

अफरमा  सामसङको टिभी, रेफ्रिजरेटर र वाशिङ मेसिन समावेश गरिएको । यी खरिद गर्दा आकर्षक क्यासब्याक पनि उपलब्ध गराइने छ । ग्राहकहरुले कुनै पनि सामसङको नयाँ टिभी खरिद गर्दा त्यसमा ३ वर्षको वारेन्टी पनि पाउने छन्।

होम थियेटर एक्सपिरिएन्स अफरको साथ ग्राहकहरूले सामसङको कुनै पनि नयाँ टिभीसँग टि ४००, बि ४५०, ए ४५०, ति ४२० र एमएक्स-ति ५० लगायत साउण्डबारको खरिद गर्दा बन्डल छुट पाउन सक्ने छन्। ग्राहकहरूले दशैं-तिहारको मौकामा सामसङको नवीनतम टिभी नियो क्युएलईडी टिभी खरिद गर्दा रु.४१,६९० को बि ४५० साउण्डबार सित्तैमा पाउने छन्।

सन् २०२० को ग्लोबल मार्केट सेयर (चीन बाहेक) ओम्डिया स्टडी जुन २०२१ अनुसार विश्वमा ग्लोबल नम्बर १ रेफ्रिजरेटर ब्रान्डको स्थान प्राप्त गरेको थियो । फ्रिज खरिदमा ग्राहकहरूले आकर्षक क्यासव्याक अफर पाउने छन् ।

इकोबबलको फ्रन्ट-लोड र टप-लोडका वाशिङ मेसिनहरूमा रहेको आकर्षक क्यासव्याक सुविधा रहेको छ । यसको साथै कम्पनीले फ्रिजको डीआइटी कम्प्रेसर र वाशिङ मेसिनको डीआइटी मोटरमा २० वर्षको वारेन्टी प्रदान गरेको छ ।

सामसङले आफ्नो यो अफर सबै ग्राहकको लागि सरल बनाउनको लागि झन्झट रहित शुन्य प्रतिशत ब्याज भएको ईएमआइ तथा फ्री इन्सटलेसन जस्ता सुविधा पनि प्रदान गरेको छ।

अर्कोस्टोरसँगकोे सहकार्य मार्फत ग्राहकहरूले सामसङ प्लाजा गई कुनै पनि उत्पादनहरूमा अपग्रेड गर्दा बेस्ट भ्यालुयसन् अन एक्सचेन्ज सेवाको पनि फाइदा उठाउन सक्ने छन्। मङ्सिर ४ गतेसम्म रहेको यो अफर नेपालमा सामसङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारले उपलब्ध गराएको हो ।