कीवर्डहरू -

१४ औं जेनेरेशनको आरओजी स्ट्रिक्स जी १६ र जी १८ गेमिङ ल्यापटप नेपालमा, कति छ मूल्य ?

१४ औं जेनेरेशनको आरओजी स्ट्रिक्स जी १६ र जी १८ गेमिङ ल्यापटप नेपालमा, कति छ मूल्य ?

असुस ब्रान्डको आधिकारिक वितरक नागमणी इन्टरनेशनलले नेपालमा आरओजी स्ट्रिक्स गेमिङ ल्यापटप सार्वजनिक गरेको छ । नागमणीले नेपाली बजारमा १४ औं जेनेरेशनको आरओजी स्ट्रिक्स जी १६ (२०२४) र जी १८ (२०२४) गेमिङ ल्यापटप सार्वजनिक गरेको हो । 

स्ट्रिक्स ल्यापटपमा नवीनतम फ्ल्यागशिप इन्टेल कोर आइनाईन प्रोसेसर राखिएको छ । ल्यापटपको सिपियू र जीपीयू दुवैमा ट्राइ–फ्यान टेक्नोलोजी र एक्स्ट्रिम लिक्विड मेटलसहित नवीनतम कूलिङ टेक्नोलोजी रहेको छ ।

प्रत्येक मोडेलमा २.५ के प्यानल २४० हर्ज रिफ्रेस रेट र ३ एमएस ग्रे–टू–ग्रे रिस्पोन्स टाइम रहेको छ, जसले गेमरहरूलाई असाधारण दृश्य अनुभव प्रदान गर्नेछ ।

डल्बी भिजन सपोर्टले स्क्रिनमा रङ समायोजन प्रयोगकर्ताले चाहे जस्तै देखिने छ । २४–कोर, ३२–थ्रेड सिपियू भएको स्ट्रिक्स ल्यापटप भारी रेन्डरिङ प्रोजेक्ट र एएए प्रकारका गेम ह्यान्डल गर्न सक्षम छ । 

ल्यापटपले ६४ जीबीसम्म डिडिआरफाइभ मेमोरी र ४ टेराबाइट जेन फोर एक्स फोर स्टोरेजलाई सपोर्ट गर्नेछ । गेमर स्ट्रिमिङ, मल्टि–टास्किङ, भिडियो सम्पादन, वा माथिका जुनसुकै काम गर्न चाहेमा पनि आरओजी स्ट्रीक्स उत्कृष्ट रहेको कम्पनीको दावी छ । 

यसमा एन्भीडिया जिई फोर्स आरटीएक्स् ४०७० ल्यापटप जीपीयू रहेको छ । ९० वाट ब्याट्री सुविधा रहेको यस ल्यापटपमा ट्राइ–फ्यान टेक्नोलोजी समावेश छ ।

नेपाली बजारमा आरओजी स्ट्रिक्स जी १६ जी ६१४ (२०२४) को मूल्य ३ लाख २२ हजार २२२ रूपैयाँ र जी १८ जी ११८ (२०२४) को मूल्य ३ लाख ३८ हजार ८८८ रूपैयाँ तोकिएको छ ।