कीवर्डहरू -

प्रविधिमैत्री बन्दै चाडपर्व,  दक्षिणा पनि डिजिटल वालेटमै !

दशैंमा यसरि प्रयोग गर्नुस सूचना प्रविधिलाई

प्रविधिमैत्री बन्दै चाडपर्व,  दक्षिणा पनि डिजिटल वालेटमै !
दशैंको अवसरमा सेल्फी खिच्दै नायिका स्वेता खड्का र साथीहरु

सहज जीवनशैलीका लागि सूचना प्रविधिका टुल्स, प्रडक्ट र सर्भिहरु अपरिहार्य झैँ बनिरहेका छन् । नेपालीहरु पनि क्रमिक रुपमा सूचना प्रविधिको प्रयोग बढाउनेतर्फ अग्रसर छौं । हामीले मनाउने हरेक चाडबाडमा पनि प्रविधिको त्यत्तिकै प्रभाव पर्दै गइरहेको छ । यसले दुरीलाई दुरी रहन दिदैन्, टाढा रहेका आफन्तलाई जोडेको छ । प्रविधिको दुरुपयोग अर्को चुनौती त छदैछ तर पनि यसको प्रयोग अपरिहार्य छ ।

अहिले हामि चाडपर्वहरुले घेरिएको समयमा छौ । घरमा बस्दा होस वा घुम्न निस्कँदा पनि हामीलाई प्रविधिले विभिन्न कामकाजमा सहज बनाउँछ । भर्खरै टेलिकमले उच्चगतिको फोरजी पनि ल्याएको छ । अब अधिकांश सर्बसाधारणसंग मोबाइलसंगै इन्टरनेटको पहुच पनि पुग्ने अवस्थामा छ । यसकारण पनि अब प्रबिधिको सदुपयोग गरि हाम्रा दैनिक कामकाज र चाडपर्ब पनि स्मार्ट बनाउन सकिन्छ ।

नेपालमा उपलब्ध सेवा र सुविधालाई जोडेर हामीले प्रविधिको प्रयोगबाट चाडबाडलाई कसरी प्रविधिमय बनाउन सकिन्छ भन्नेतर्फ हामीले जानकारी दिएका छौ । हाम्रो परम्परा र संस्कृतिलाई नभुली चाडबाडमा थप रौनक थप्न प्रविधिको प्रयोग यसरी गर्न सकिन्छ ।


१ डिजिटल कारोबार
पछिल्लो समयमा नेपालमा पनि डिजिटल पेमेन्ट गर्नेहरु बढिरहेका छन । अनलाइन बैकिङ, मोवाइल बैकिङ, मोवाइल वालेट वा स्कान एण्ड पेमेन्टजस्ता सेवाहरु एग्रेसिभ रुपमा बजारमा आएका छन । सामान्य सेवाहरु जस्तै रिचार्ज, बिल भुत्तानी गर्न अब समस्या छैन । चाडवाडको बेला घरमै बसेर सामान खरिद गर्न, बस तथा फ्लाइटको टिकट खरिद गर्न सकिन्छ । कर भुत्तानीदेखि रेस्टुरेन्ट र होटलका बिलहरु मोवाइलबाटै पेमेन्ट गर्न सकिने भइरहेको छ । बजारमा सामान खरिद गर्दा पनि पिओएस मेसिनबाट कार्डमार्फत भुत्तानी गर्न सकिन्छ । सरकारले पछिल्लो समय कार्ड पेमेन्ट र डिजिटल पेमेन्टलाई प्रवद्धन गर्न खोजिरहेको छ । अहिले एक दर्जनबढि मोवाइल पेमेन्ट वालेटहरुले सेवा दिइरहेका छन । फोन पे, इसेवा, कनेक्ट आइपिएस, खल्ती, आइएमइ पे, प्रभु पे, सेल पेजस्ता सेवाहरुले ग्राहक बढाउन विभिन्न अफर र क्यासब्याकहरु दिइरहेका छन । पैसा बोकिरहनुपर्ने र चेक काटेर लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्तहुन पनि अब डिजिटल कारोबारमा जानै पर्दछ । तर, यसमा पनि विभिन्न सेक्युरिटी इस्युहरु छन । त्यसको लागि प्रयोगकर्ता र सेवा प्रदायक चनाखो हुन आवश्यक छ ।

\"\"

२. डिजिटल दक्षिणा
दशैंको बेलामा नयाँ नोट साट्न लाइननै लाग्नुपर्ने वाध्यता त छदैछ । अब जमना फेरिएको छ, नयाँ नोट टिका लगाएर दिदा पनि चाडै फोहोर हुने, हराउने समस्या त छदैछ । यसर्थ अबको दक्षिणा डिजिटल रुपमा नै दिने कि भन्ने वहस चल्न थालेको छ । दक्षिणा दिदा विभिन्न पेमेन्ट गेटवेहरु प्रयोग गर्न सकिन्छ ।

अब डिजिटल कारोबारमा अघि बढिरहेको हाम्रो समाजलाई अझ सुस्वजित र सचेतना बढाउन दशैंको दक्षिणा राम्रो अवसर हुनसक्छ । न हराउने, न बिग्रने न नोट साट्न लाइन बस्नुपर्ने । जतिखेर टिका लगायो, त्यतिखेरै केहि सेकेण्डमै दक्षिणासँगै पैसा डिजिटल वालेटमै जम्मा हुने, भएन त मज्जा !


३ अनलाइनबाटै आवश्यक सामान खरिद
अब तपाईंले चाडवाडमा आवश्यक सामान खरिद गर्न बजार नै धाइरहनुपर्ने बाध्यता छैन । अहिले दर्जनौं ई कमर्स तथा अनलाइन सपिङ साइटहरुले घरसम्मै डेलिभरी दिन्छन । नुनदेखि सुनसम्म अनलाइनबाट अर्डर गर्न सकिन्छ । विशेषगरी काठमाण्डौ र केहि शहरहरुमा यस्तो सेवाहरु उपलब्ध छन । चाडवाडमा तपाइलाई चाहिने खाद्यान्य, लुकाकपडा, मासु, ग्याजेट्सहरु छानीछानी अर्डर गर्न सकिन्छ । पुस्तक पढ्न चाहनेहरुको लागि पनि घरमै आइपुग्छ । तर, यसको लागि विभिन्न अनलाइन वेबसाइटहरु हेर्दै अर्डर गर्नुपर्ने हुन्छ ।

दराज, सस्तोडिल, इसेवापसल, किराना, कितायात्रा, स्मार्टडोको, किताबयात्रा, नेपवे, आइसिटी मार्टजस्ता साइटहरु बजारमा त्रियाशिल छन । तरकारी तथा फलफुल खरिद गर्न मेट्रोतरकारी देखि सामसुङको नयाँ स्मार्टफोन नो १० सम्म अनलाइनमै अर्डर गरेर प्रयोग गर्न सकिन्छ । अनलाइनबाट सामान खरिद गर्दा भरपर्दो अनलाइन प्रयोग गर्ने र बस्तुवास्तविक हो कि हैन, डेलिभरी सेवा कस्तो छ भन्ने कुरमा भने ध्यान पुर्याउनु आवश्यक छ ।

\"\"

न हराउने, न बिग्रने न नोट साट्न लाइन बस्नुपर्ने । जतिखेर टिका लगायो, त्यतिखेरै केहि सेकेण्डमै दक्षिणासँगै पैसा डिजिटल वालेटमै जम्मा हुने, भएन त मज्जा !


४ अनलाइन होटल बुकिङ
तपाईं यो चाडबाडमा कतै घुम्न निस्कने सोचमा हुनुहुन्छ होला । तर कहाँ बस्ने भन्ने चिन्ता छ भने पनि त्यसको तत्काल समाधान छ । अहिले देश विदेशमा अधिकांश होटलहरुले अनलाइन बुकिङ लिन्छन् । तपाईंले अनलाइनबाटै होटल, कोठा र मूल्य हेर्दै बुकिङ गर्न सक्नुहुन्छ ।

नेपालमा पनि बुकिङ डटकमलगायत थुप्रै अनलाइन प्लाटफर्म छन्, जसले तपाईंको आवश्यकताअनुसारको होटल बुक गर्न सक्नुहुन्छ । अहिले भारतमा प्रख्यात ओयो पनि नेपालमा सञ्चालनमा छ । यसबाट तपाईको आवश्यकताअनुसारका होटलहरु बुकिङ गर्न सकिन्छ । अनलाइन बुकिङ गर्दा अझ सस्तो र भरपर्दो हुन्छ । तर विश्वशिलो प्लाटफर्म प्रयोग भने गर्नुपर्दछ ।

५ बस र फ्लाइटको डिजिटल टिकट
गाडी तथा हवाइजहाजको यात्रा गर्न पनि तपाईंले धेरै तनाव लिइरहनुपर्दैन । टिकट काउन्टर तथा ट्राभलमा धाइरहने समय छैन । यसर्थ विभिन्न अनलाइन तथा पेमेन्ट गेटवेले बस र फ्लाइटकै बुकिङ सुविधा दिइरहेका छन् । देशभरका हवाइजहाजको टिकट इसेवालगायत अन्य पेमेन्ट गेटवेबाट पनि खरिद गर्न सकिन्छ ।

तपाईंलाई उल्टै कमिसन प्राप्त हुन्छ । बसको अनलाइन बिस्तारै प्रयोगमा आउन थालेको छ । बससेवाले यो सेवा नेपालमा पनि उपलब्ध गराएको छ । फ्लायटको टिकट विभिन्न मोवाइल पेमेन्ट तथा मोवाइल बैकिङबाट पनि सोझै खरिद गर्न सकिन्छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय टिकट आवश्यक्ता अनुसार तत्काल इस्यु गर्दै आफ्नो यात्रा सहज बनाउन किन पछि पर्ने ?

६ अनलाइनमै मुभी अन डिमान्ड
अहिले अधिकांश स्थानमा डिजिटल टिभीको सेवाहरु पुगिसकेका छन् । यसैगरी अनलाइन तथा युट्युब सबै कार्यक्रम तथा फिल्महरु नै सहजै हेर्न सकिन्छ । नयाँ रिलिज भएका फिल्म हेर्न पनि अब हल नै पुगिरहुन भने पर्दैन । नेपालमा डिस होमले नयाँ फिल्महरु पनि रिचार्ज गरेर हेर्न सकिने व्यवस्था सुरु गरेको छ । अनलाइनका विभिन्न एप तथा वेबमा समेत नयाँ फिल्म हेर्न सकिन्छ । अमेजन, नेटफ्लिक्स जस्ता विदेशी सर्भिसहरुले पहिलेदेखि नै मुभी अन डिमान्डको सेवाहरु दिइरहेका छन् ।

नेपालमा आइफ्लिक्सले पनि मुभी अन डिमाण्डको सेवाहरु दिइरहेको छ । नेपालीहरुले आवश्यकताअनुसार विभिन्न डिजिटल प्लाटफर्मबाट मुभी तथा मनोरञ्जन सामग्री हेर्दै घरमा परिवारसँग रमाइलो गर्न सकिनेछ ।

\"\"
७ अनलाइनबाटै टीका र जमरा
नेपालीहरुको महान् चाड दसंै र तिहारमा धेरै आफन्त चाहेर पनि भेला हुन सक्दैनन् । यसका लागि अहिले डिजिटल प्लाटफर्मले सबैलाई नजिक बनाएको छ । जब टीका लगाउने समय भयो, तब फेसबुक, भाइबर, ह्वाट्सएप,  स्काइप वा इमोबाट कनेक्ट हुनुहोस् र अनलाइनबाटै जमरा, टीका र प्रसाद ग्रहण गर्नुहोस् ।

हुन त प्रत्यक्ष उपस्थिति हुनको जस्तो मज्जा त कहाँ हुन्छ र ? तर पनि अनुहार हेर्दै गफ गर्दै नजिक भएको अनुभव त यसले दिन्छ । तसर्थ भएका अनलाइन तथा डिजिटल प्लाटफर्महरु प्रयोग गरेर यो ग्लोबल भिलेजमा रहेका आफन्तहरुसँग नजिक हुन सकिन्छ ।

सूचना प्रविधिले मनोरञ्जन मात्र नदिएर हाम्रो दैनिक जीवन सहज र सरल बनाइरहेको छ ।

८ फोटो खिच्न हातमै क्यामेरा, देखाउनलाई फेसबुक र इन्स्टा
अहिले फेसबुक, इन्स्टाग्रामले हामीलाई एक्स्प्लोर गरेको छ । पहिले जमनामा रिलबाट एक दुईओटा फोटो धुलाएर झुन्डाउने अवस्थाबाट हामी छिनछिनमै क्लिक हान्दै दुनियाँलाई सेकेन्डभित्रै देखाउने अवस्थामा छांै । अधिकांश नेपालीहरु मोवाइल र फेसबुकको पहुचमा छन यसर्थ अहिले हाम्रो सामाजिक जिवनशैली फरक बनेको छ ।

दशैतिहारमा त झन क्यामेरा र फेसबुक,इन्स्टाको प्रयोग ब्यापक हुने गरेको छ । चाडबाड र पारिवारिक रमाइलोका फोटो तथा भिडियोहरुले पनि हाम्रो जीवनमा उमंग ल्याउछ । तत्काल हेर्दै आफन्त तथा साथीभाईले कमेन्ट र शुभकामना दिदा माहोल रमाइलो बन्छ । यो माहोल बनाउन स्मार्टफोन र सोसियल मिडियाको देन महत्वपुर्ण छ ।

९. आफन्तलाई अनलाइन अपहार
दर्शैमा आमाबाबाबाट टाढा हुनुहुन्छ भने सम्झना स्वरुप विभिन्न उपहारहरु घरमै पठाउन सक्नुहुन्छ । विभिन्न अनलाइन तथा गिफ्ट पसलहरुबाट अर्डर र भुत्तानी गरि घरमा गिफ्ट पठाइदिनुभयो भने टाढा रहनुभएका आफन्तहरु कति खुसी हुनुहोला । तिहारमा दिदि बहिनिलाई उपहार पठाउदा मन कति रमाउला ? मुन्चा डटकम, उपहारहरु डटकम लगायत धेरै अनलाइनहरु यस्तै सेवा दिएर बसिरहेका छन ।

यसैले हाम्रो चाडपर्वलाई अझ रमाइलो बनाउन टाढा भएपनि नजिक भएजस्तो अनुभव गराउन प्रविधिले साथ दिएको छ । कसैको जन्मदिन परेको छ भनेपनि आजभोली अनलाइनबाटै केक अर्डर गरेर वर्थडे रमाइलो बनाउन सकिन्छ ।

युजिकेक, केक नाइन जस्ता केक डेलिभरी गर्ने कम्पनीहरु छन । एकछिन अनलाइन बस्नुस, उपयुक्त सामान, खानेकुरा, केक तथा गिफ्ट अर्डर गरेर घरमा पुर्याउन लगाउनुस् त टाढा रहेका तपाइका आफन्त कति खुसी हुन्छन ।

\"\"

प्रविधिले ल्याएको यो परिवर्तनले तपाईंले मनाइरहने चाडपर्वहरु पक्कै रमाइलो बनाउने नै छ । कतिपय पहँुच भएका व्यक्तिहरुले त यी सेवाहरु प्रयोग गरिनै रहनुभएको छ होला । तर धेरै ग्रामीण भेगका नेपालीहरुका लागि यी विषय  रोचक हुन सक्छन् । अब हरेक ठाउँ, स्थान, काममा प्रविधिको प्रयोग बढेको छ । सूचना प्रविधिले मनोरञ्जन मात्र नदिएर हाम्रो दैनिक जीवन सहज र सरल बनाइरहेको छ ।

त्यसैले त आजभोलि जोकोहीले स्मार्ट शब्द प्रयोग गर्दछन् । प्रविधिको सही प्रयोग गरेर हामीले आफ्नो जीवनशैली र चाडबाडलाई पनि स्मार्ट बनाउन सकिन्छ । तर यि सेवा, सुविधा र प्रडक्टहरु प्रयोग गर्दा यसको सुरक्षामा ध्यान दिनुपर्दछ । सहि प्रयोगबाट फाइदैफाइदा तर गलत प्रयोग तर्फ अग्रसर भयौ भने रमाइलो गर्दागर्दै समस्याहरु भोग्नुपर्ने अवस्था छ । यसर्थ सहि प्रयोग गरौ, जिवनशैली सहज बनाऔ र समृद्धको बाटोमा अग्रसर रहौ ।