पहिलो डटकम डोमेन दर्ता मार्च १९८५ मा भएको थियो । ३५ वर्षअघि अमेरिकाको एक कम्प्युटर सिस्टम कम्पनीले सिम्बोलिक्स डटकम symbolics.com दर्ता गरेको थियो ।
lasvegas.com डोमन नेम ९० मिलियन डलरमा विक्री भएको थियो । यो नै अहिलेसम्म सबैभन्दा धेरै रकममा विक्री हुने डोमेन हो ।
internet.com (इन्टरनेट डटकम) १ करोड ८० लाख डलरमा विक्री भएको थियो । यो डोमेन आजभन्दा १० वर्षअघि सन् २००९ मा विक्री भएको थियो ।
एक पटक माइक म्यान नाम गरेका व्यक्तिले २४ घण्टाभित्र १४,९६२ डोमेन रजिस्टर गरे । डोमेनमा यति धेरै लगानी किन गरेको भन्ने प्रश्नमा उनले भने, ‘म महत्वाकांक्षी छु । म विश्वलाई आफ्नो बनाउन चाहन्छु ।’
ccTLD अर्थात् देशका लागि रिजर्भ गर्न सकिने डोमेन नेम रजिस्ट्रेशन वर्षेनि २.६ प्रतिशतको दरले बढ्दो छ । २ ओटा लेटरमा मात्रै उपलब्ध हुने यस्तो टप लेभल डोमेन अन्तर्गत नेपालको कन्ट्री कोड .np हो
पहिलो पटक १०० ओटा डोमेन रजिस्टर हुन २ वर्ष लागेको थियो । अहिले यति नै संख्यामा डोमेन रजिस्टर केही मिलिसेकेन्डमा हुन्छ ।
प्रायः डोमेन प्रोभाइडरहरुले एक देखि १० वर्षसम्मका लागि डोमेन रजिस्टर गर्न दिन्छन् । तर ‘नेटवर्क सोलुसन्स’ नामक डोमेन प्रोभाइडरले सुरुमै सय वर्षसम्मका लागि डोमेन रजिस्टर गर्न दिन्छ ।
गो ड्याडी डटकम godaddy.com एक मात्र त्यस्तो विवादरहित डोमेन प्रोभाइडर हो, जुन आफ्ना नजिकका प्रतिस्पर्धीभन्दा ५ गुणा बढीले विश्वसनीय छ ।
डोमेन रजिस्ट्रेशन हरेक वर्ष बढ्दो छ । पछिल्लो पटक ६.७ मिलियनको संख्या अर्थात् २.१ प्रतिशतले बढ्यो ।