कीवर्डहरू -

इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले देशभर माग्यो ३०० कर्मचारी, यसरी दिनुहोस् आवेदन

इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले देशभर माग्यो ३०० कर्मचारी, यसरी दिनुहोस् आवेदन

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ३०० जना कर्मचारी माग गरेको छ । देशका विभिन्न भूभागमा खटाउने गरी क्लासिक टेकले ३०० कर्मचारी माग गरेको हो । 

कम्पनीले ५० जना कल सेन्टर एजेन्ट, ४० जना क्षेत्रीय बिक्री इन्चार्ज, २०० जना भन्दा बढी क्षेत्रीय बिक्री प्रतिनिधि, प्राविधिक विभाग, फाइबर विभाग लगायतमा ३०० रोजगारी खुलाएको छ । 

योग्यता पुगेका तथा ईच्छुक उम्मेदवारहरुले उल्लिखित पदहरुका लागि आवेदन दिन सक्ने छन् । इच्छुकले [email protected] मा आफ्नो सीभी पठाउन सक्ने छन् भने यहाँ क्लिक गरेर पनि आफुले दरखास्त दिन चाहेको पदमा आवेदन दिन सकिने छ । 

क्लासिक टेकले कोशी प्रदेशको विराटनगर, दुहवी, रङ्गेली, हरिनगरा, देवानगञ्ज, चिम्दी, भुटाहा, इटहरी, तरहरा, धरान, चतरा, केरावारी, लेटाङ, विराटचोक, बिर्तामोड र दमकका लागि कर्मचारी माग गरेको छ । 

यस्तै मधेश प्रदेशको वीरगंज, कलैया, चन्द्रनिगाहापुर, ढल्केवर र लहान तथा वागमती प्रदेशको नयाँ वानेश्वर, गैरीधारा, बालाजु, गोल्फुटार, कलंकी, पेप्सिकोला, डाँछी,  चावहिल, नारायणटार , मुलपानी, गोकर्ण, बल्खु, धापासी, ललितपुर (सातदोबाटो),  चापागाउँ, ठेचो, थैब, थानकोट, सुर्यविनायक, बनेपा, पनौती, चितवन (भरतपुर, चनौली,  टाँडी, गितानगर, पर्सा), हेटौडा (हटिया, पदमपोखरी, वस्तीपुर) मा कर्मचारी माग गरिएको छ । 

साथै गण्डकी प्रदेशको पोखरा, लेखनाथ तथा लुम्बिनी प्रदेशको बुटवल, भलवारी, फर्साटिकर, माणिग्राम, टिकुलीगढ, नयागाउँ, भैरहवा, नेपालगञ्ज र कोहलपुरमा कर्मचारी आवश्यकता भएको कम्पनीले जानकारी दिएको छ ।  

कर्मचारीहरुको लागि आकर्षक सेवा सुविधाहरुका साथै अन्य सुविधाहरु जस्तैः सियुजीसिम कार्ड, इन्धन,  सामाजिक सुरक्षा कोष जस्ता विभिन्न सुविधा उपलब्ध गराउदै आइरहेको क्लासिक टेकको भनाइ छ ।