फोन पे डाइरेक्ट भनेको एउटा बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिने एउटा सजिलो माध्यम हो । फोन पे डाइरेक्टको प्रयोग गरी मोबाइल नम्बर हालेर पैसा तुरुन्तै अर्को बैंकको खातामा पठाउन सकिन्छ ।
फोन पे डाइरेक्ट मार्फत पैसा पठाउँदा पैसा पाउने व्यक्तिको मोबाइल नम्बर मोबाइल बैंकिङमा रजिष्टर भएको हुनु पर्नेछ । त्यसपछि मोबाइल नम्बर मात्रै राखेर फोन पे डाइरेक्ट मार्फत अर्को बैंकको खातामा पैसा पठाउन सकिन्छ ।
कसरी प्रयोग गर्ने फोन पे डाइरेक्ट ?
फोनपे डाइरेक्ट प्रयोग गर्नका लागि सुरुमा आफ्नो बैंकको मोबाइल बैंकिङ एपमा जानुहोस् । त्यसपछि नम्बर र पासवर्ड लगइन गरी ‘सेन्ड मनि’ मा क्लिक गर्नुहोस् ।
सेन्ड मनिमा क्लिक गरेपछि ‘टु रेसिपेन्ट्स मोबाइल नम्बर (फोनपे डाइरेक्ट) मा थिच्नुहोस् । त्यसपछि तपाईले पैसा पाउने व्यक्तिको मोबाइल बैंकिङमा रजिष्टर भएको मोबाइल नम्बर राखेर सजिलै पैसा पठाउन सक्नुहुनेछ ।
यसरी नेपालका ५० भन्दा बढी बैंकका कुनै पनि खातामा मोबाइल नम्बर प्रयोग गरी सजिलै र तुरुन्तै पैसा पठाउन सकिन्छ ।