कीवर्डहरू -

खुला विश्वविद्यालयले स्नातकोत्तरमा खुलायो नयाँ भर्ना

खुला विश्वविद्यालयले स्नातकोत्तरमा खुलायो नयाँ भर्ना

नेपाल खुला विश्वविद्यालय, विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा नयाँ भर्नाका लागि आवेदन माग गरिएको छ । विश्वविद्यालयले शैक्षिक सत्र २०८० हिउँदे शत्रको सेमेष्टर प्रणालीका लागि प्रथम सेमेष्टरमा भर्ना आवेदन माग गरेको हो ।

भर्ना गर्न इच्छुक विद्यार्थीहरुले मंसिर ११ गते देखि ३० गते सम्म विश्वविद्यालयको वेवसाइटबाट अनलाइन आवेदन फाराम भरिसक्नु पर्ने विश्वविद्यालयले जनाएको छ ।  

विश्वविद्यालयले विज्ञान,स्वास्थ्य तथा प्रविधि संकाय अन्तर्गत डेढ वर्षे एमफिल इन आइसीटी, २ वर्षे मास्टर डिग्री इन ई–गर्भमेन्स, २ वर्षे मास्टर इन जियोइन्फर्मेटिक्स र २ वर्षे मास्टर डिग्री इन नेचुरल रिसोर्स एण्ड डेभलपमेन्टमा भर्ना खुला गरेको हो । 

कति चाहिन्छ भर्ना गर्न योग्यता ? 

विश्वविद्यालयको डेढ वर्षे एमफिल इन आइसीटी अध्ययन गर्नका लागि सम्बन्धित विषयमा आइटी वा आइटी, कम्प्युटर एप्लिकेशन आदि विषयमा स्नाताकोत्तर तह वा सो सरह दोस्रो श्रेणीमा उत्तीर्ण गरेको वा २.४ सीजीपीए प्राप्त गरेको हुनुपर्छ ।

२ वर्षे मास्टर डिग्री इन ई–गर्भमेन्स गर्नका लागि कुनै पनि विषय लिई स्नातक तह दोस्रो श्रेणीमा उत्तीर्ण वा २.४ सीजीपीए प्राप्त गरेको हुनुपर्नेछ । तर, स्नातक तहमा आइटी विषय नलिएको हकमा २ वर्षको आईटी तथा कम्प्युटर सम्बन्धी ज्ञान सिप सम्बन्धी आधारभूत ज्ञान सीप सम्बन्धी कार्य अनुभव भएको हुनुपर्ने । 

त्यस्तै, २ वर्षे मास्टर इन जियोइन्फर्मेटिक्सका लागि स्नातक तहमा कुनै पनि विषय लिई दोस्रो श्रेणीमा उत्तीर्ण गरेको वा २.४ सीजीपीए प्राप्त गरेको तथा कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान तथा कम्प्युटर सम्बन्धी सिप कार्य अनुभव भएको हुनुपर्ने छ ।

यस्तै २ वर्षे मास्टर डिग्री इन नेचुरल रिसोर्स एण्ड डेभलपमेन्टमा भर्ना हुनका लागि नेचुरल साइन्स, इन्जिनियरिङ विषयमा स्नातक तह उत्तीर्ण वा अन्य विषय लिई स्नातक तह उत्तीर्ण गरेको हकमा एक वर्षे डिप्लोमा इन नेचुरल रिसर्च एण्ड डेभलपमेन्ट वा सम्बन्धित विषयमा ५ वर्षे काम गरेको अनुभव भई दोस्रो श्रेणीमा उत्तीर्ण वा २.४ सीजीपीए प्राप्त तथा कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान तथा सीपको कार्य अनुभव भएको हुनुपर्नेछ ।