काठमाडौं । सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । आज बिहान ११ बजे बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली पारित गरेको हो ।
बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ मा संशोधन स्वीकृत गर्ने निर्णय पनि गरेको छ । सरकारले डिजिटल सुशासनलाई प्रभावकारी बनाउने उद्देश्यसहित आदेश संशोधन गरिएको जनाएको छ ।
त्यसैगरी, मन्त्रिपरिषद्ले भूमिसम्बन्धी २१ औँ संशोधन नियमहरू २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै, सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्यद्वय सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
आईसीटी समाचार