कीवर्डहरू -

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल भुर्तेल र नायिका नीति शाह नियुक्त

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल भुर्तेल र नायिका नीति शाह नियुक्त

काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय क्रिकेट टोलीका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल र मोडल तथा नायिका नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

कम्पनीले ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई थप प्रभावकारी बनाउने उद्देश्यले उनीहरूलाई ब्रान्ड एम्बेसडर बनाएको जनाएको छ । भुर्तेललाई साउन २० गते र शाहलाई भदौ २५ गते आयोजित छुट्टाछुट्टै कार्यक्रममार्फत नियुक्त गरिएको हो ।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले खेलकुद र मनोरञ्जन क्षेत्रका स्थापित व्यक्तित्वसँगको आबद्धताले विशेष गरी युवा पुस्तासहित आम नागरिकसँग कम्पनीको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरिन् । साझेदारीले कम्पनीको सामाजिक छवि, व्यवसाय प्रवर्द्धन तथा सेवाको प्रचारप्रसारमा सहयोग पुग्ने उनको भनाइ छ ।

null

नवनियुक्त ब्रान्ड एम्बेसडरद्वयले नेपाल टेलिकमसँग जोडिन पाउँदा उत्साहित भएको बताउँदै कम्पनीको सामाजिक छवि, सेवा प्रवर्द्धन र बजारीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

कम्पनीका अनुसार भुर्तेल र शाहले स्वदेश तथा विदेशमा रहेका ग्राहकमाझ नेपाल टेलिकमका विभिन्न सेवा तथा सुविधाको प्रचारप्रसारसँगै ब्रान्ड प्रवर्द्धनसम्बन्धी गतिविधिमा भूमिका निर्वाह गर्नेछन् ।