कीवर्डहरू -

नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सुरू भएको डिजिटल वालेट इसेवा १६ औं वर्षमा प्रवेश

नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सुरू भएको डिजिटल वालेट इसेवा १६ औं वर्षमा प्रवेश

नेपालको पहिलो डिजिटल वालेट इसेवा १६ औं वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरू भएको थियो । 

डिजिटल भुक्तानीको क्षेत्रमा इसेवा ‘पर्यावाची’ शब्द जस्तै बनेको छ । भुक्तानीको शैलि परिवर्तन गरेको छ । इसेवाले देखेको नगदरहित अर्थतन्त्रको परिकल्पनामा साकार हुँदै गइरहेको छ तर पनि काम गर्नुपर्ने अझै धेरै छन् ।

इसेवाले आफ्नो सेवालाई गाउँ गाउँसम्म विस्तार गर्न एजेन्ट बनाएको छ, जहाँ ईसेवा प्रयोग गर्न नजान्ने मानिसहरुका लागि एजेन्टले उनीहरुलाई डिजिटल कारोबार गर्न सघाउँछन् । इसेवा एफ्वान सफ्ट ग्रुप अन्तर्गत सञ्चालित कम्पनी हो । ईसेवा सुरू हुँदा नेपालमा मात्र नभएर दक्षिण एशियामा पहिलो मोबाइल वालेट थियो । 

यसरी भएको थियो ईसेवाको जन्म

सन् २००० को सुरूतिर व्यवसायहरु विश्वव्यापी रुपमा अनलाइनमा गइरहेका थिए, जबकी नेपालमा यसको असर एकदमै कम थियो । त्यो समयमा डेबिट क्रेडिट कार्ड मात्रै वैकल्पिक भुक्तानीका माध्यम थिए । कम्पनी खासै नाफामा नगएपछि एफ्टवान सफ्टले नयाँ नयाँ अवसरहरू खोजी गर्न थाल्यो । त्यो अवसर खोतल्दै जाँदा ‘फिनटेक’ क्षेत्रमा काम गर्ने योजना बनाए ।

त्यसपछि एफ्वान सफ्टले नेपालमा सन् २००६ मा एसएमएस बैंकिङ सेवा सार्वजनिक गर्‍यो । एसएमएस बैंकिङ सेवा ग्राहकले मनपराईदिए । सो समयमा नेपालमा मोबाइल फोन लोकप्रिय र सस्तो हुँदै गईरहेको थियो । कम्पनीले ग्राहकलाई बैंकिङ कारोबारको बारेमा जानकारी दिन र सचेत गराउन प्राथमिक च्यानलको रुपमा एसएमएस प्रयोग गरिरहेको थियो ।

यसले ग्राकहमा एउटा विश्वास र सुरक्षाको वातावरण तयार गर्‍यो । त्यो समयमा कुल जनसंख्याको २० प्रतिशत भन्दा कम जनसंख्यासँग मात्र बैंक खाता रहेको थियो । बैंक खाताबाटै धेरै काम गर्न सकिन्छ भन्ने कुरा बुझेपछि नेपालमा मोबाइल वालेट शुरु गर्ने योजना कम्पनीको बन्यो । इसेवा शुरू गर्ने योजना उनीहरूलाई सन् २००६ मै आएको थियो ।

कम्पनीले नेपालमा मोबाइल वालेट शुरु गरेको बेलामा नेपालका केही कम्पनीहरु अनलाइनमा जान प्रयास गरिरहेका थिए । जब ईसेवा शुरु भयो त्यो समयमा नेपालमा इन्टरनेट पेनिटेरेसन एकदमै कम थियो । भने बैंकिङ सेवा पनि सिमित मात्रामा थियो ।

यस्तो अवस्थामा ईसेवाले ईकमर्स व्यवसाय वृद्धिका लागि अनलाइन पेमेन्ट मेकानिजम प्रदान गरेर महत्वपूर्ण भूमिका खेलेको थियो । त्यसपछि ईसेवाले पेमेन्ट गेटवे महसुस गर्‍यो र वेब तथा मोबाइलमा आधारित एप्लिकेसन ईसेवाको विकास गर्‍यो ।

नेपालमा डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्न ईसेवाको ठूलो भूमिका रहेको छ । जुन बेला नेपालमा नेपालमा डिजिटल भुक्तानीको बारेमा सायद कमैलाई मात्र थाहा थियो, त्यसबेला ईसेवाको शुरु भएको थियो । आज इसेवाले कोरेको बाटोमा २ दर्जन बढी भुक्तानी सेवा प्रदायक बजारमा आएका छन् ।

इसेवाले आफ्नो सेवा गाउँ गाउँसम्म विस्तार गरि रहेको छ । आगामी दिनमा प्रत्येक भुक्तानी क्षेत्र (साना/ठूला, डिलर/रिटेल, प्राइभेट/गभर्मेन्ट, डोमेस्टिक/इन्टरनेसनल) लाई समेट्दै लैजाने र आफ्नो क्यालेस इकोनोमी मिसनलाई पुरा गर्ने ईसेवाको योजना रहेको छ ।