कीवर्डहरू -

मोरूबाट अन्य वालेटमा समेत पैसा पठाउन सकिने

मोरूबाट अन्य वालेटमा समेत पैसा पठाउन सकिने

मोरू डिजिटल वालेटबाट अन्य वालेटमा पैसा ट्रान्सफर गर्न सकिने भएको छ । नेपालमा अहिले सञ्चालनमा रहेका धेरै वालेटमा मोरूबाट पैसा पठाउन सकिने छ ।

अन्य वालेटमा यो सुविधा नभएपनि मोरूले एनसीएचएलको सहकार्य यस्तो सुविधा ल्याएको मोरूका सीईओ श्रीष पौडेलले बताए । 

पे नेप प्रालिले सञ्चालन गरिरहेको डिजिटल वालेट मोरूका ५ लाख लाख बढी प्रयोगकर्ता छन् भने महिनामा १०-१५ करोड रुपैयाँसम्म कारोबार हुन्छ । मोरूबाट विभिन्न किसिमका डिजिटल भुक्तानी गर्न सकिन्छ ।

मोरू मोबाइल एप (एन्ड्रोइड तथा आईओएस) र वेबसाइट दुवैबाट चलाउन सकिन्छ ।   तर मोरू अन्य वालेटभन्दा केही सेवा सुविधामा फरक छ । मोरूबाट नेपाललमा सञ्चालित धेरैजसो वालेटमा पैसा पठाउन सकिन्छ । मोरूमा आफ्नो पैसा लेनदेन गर्नेसँग च्याट गर्न सकिन्छ । यस्तै एक्सपेन्स ट्रयाकिङको समेत सुविधा रहेको छ । 

सीईओ, श्रीष पौडेल

मोरूमा केवाईसी भेरिफाइ गर्न नागरिकताको फोटो राखिसकेपछि नम्बर टाइप गरिरहनु पर्दैन् । यो सेवा अन्य वालेटमा उपलब्ध धैन् । मोरूमा केवाईसी भेरिफिकेसनका लागि नागरिकता नम्बर टाइप गरिरहनु नपर्ने पौडेल बताउँछन् । ‘मोरूमा नागरिकता नम्बर राखिरहनु पर्दैन् । नागरिकताको फोटो राखे पुग्छ,’ उनी भन्छन्, ‘फोटो राखिसकेपछि किन फेरि नागरिकता नम्बर टाइपिङ गर्नुपर्‍यो । अन्य सेवा प्रदायकले किन गरिरहेका छैनन् अचम्म लाग्छ ।’ 

मोरूले सुरूवातदेखि नै टपअपमा ३ प्रतिशत बोनस दिइरहेको छ । फ्लाइट बुकिङमा न्युनतम १५० रूपैयाँ र बढीमा ५०० रूपैयाँ बोनस प्राप्त हुन्छ । इन्टरनेटको वार्षिक शुल्क भुक्तानीमा ५०० सम्म बोनस पाइन्छ । 

मोरूले क्यासब्याकको साटो ‘बोनस’ शब्द प्रयोग गर्दै आएको छ । आफुहरूले प्रतिस्पर्धा ‘क्यास’सँग भएका कारण क्यासको सट्टा बोनस शब्द प्रयोग गर्दै आएको उनले जानकारी दिए । 
मोरूले कुनै एजेन्सी मोडल बनाएको छैन् । एजेन्सी मोडल नभएकै कारण ग्राहकलाई धेरै बोनस दिन सकिरहेको उनको दाबी छ । पौडेल अगाडि भन्छन्, ‘हाम्रो उद्देश्य नै ग्राहकलाई धेरै ‘बेनिफिट’ दिने हो ।’  

null

अर्को कुरा मोरू निरन्तर प्रयोग गर्ने ग्राहकलाई बैंक ट्रान्सफर पनि निःशुल्क छ । मोरूबाट अन्य बैंक खातामा पैसा पठाउँदा शुल्क लाग्दैन् । ग्राहकलाई प्रयोगको आधारमा एउटा ‘स्कोर’ दिइन्छ र त्यो स्कोर २५ बढी पुगेपछि ट्रान्सफर निःशुल्क हुन्छ । 

यदी २५ भन्दा कम स्कोर छ भने १० हजारसम्मको ट्रान्सफरमा ४ रूपैयाँ र त्योभन्दा माथिको ट्रान्सफरमा ८ रूपैयाँ शुल्क लाग्छ । स्कोर बैंक ट्रान्सफर गर्दा थाहा पाउन सकिने मोरूले जनाएको छ । 

अहिले मोरूले डिजिटल लेन्डिङमा काम गरिरहेका रहेको छ । हाल पाइलटिङको काम भइरेहको छ । मोरूले अहिलेलाई पेमेन्ट गेटवे शुल्क लिने गरेको छैन् । लिएपनि कारोबारको प्रकृति हेरेर एकदमै कम लिने कम्पनीको दावी छ ।