कीवर्डहरू -

सामसङको फिटनेस ट्रयाकर ग्यालेक्सी फिट ३ नेपालमा, कति छ मूल्य ?

सामसङको फिटनेस ट्रयाकर ग्यालेक्सी फिट ३ नेपालमा, कति छ मूल्य ?

सामसङले नेपालमा ग्यालेक्सी फिट ३ फिटनेस ट्रयाकर सार्वजनिक गरेको छ । फिटनेसलाई प्राथमिकता दिदै बनाइएको ग्यालेक्सी फिट ३ नेपालमा पनि उपलब्ध भएको हो । 

ग्यालेक्सी फिट ३ सामसङको सबैभन्दा नयाँ लगाउन मिल्ने (वेरेबल) डिभाइस हो र यसमा फराकिलो डिस्प्लेसहितको एल्युमिनियम बडी छ, जसले प्रयोगकर्ताहरूलाई दैनिक व्यायामदेखि लिएर आरामले सुत्दासम्म चौबीसै घण्टा आफ्नो नाडीबाट सिधै आफ्नो स्वास्थ्य र वेलनेस सम्बन्धी डेटा ट्रयाक गर्न मद्दत गर्छ । 

फिटनेस ट्रयाकरले दैनिक वेलनेसलाई प्रवर्द्धन गर्ने सामसङ नेपालका एमएक्स बिजनेसका निर्देशक प्रणय रत्न स्थापितले बताए । यसमा १.६ इन्चको डिस्प्ले रहेको छ । प्रयोगकर्ताहरूले ग्यालेक्सी फिट ३ लाई आफ्नो जीवनशैलीमा सजिलैसँग समावेश गर्न सक्छन्, यसको लामो समयसम्म टिक्ने ब्याट्री १३ दिन सम्म आरामले चल्ने कम्पनीको दावी छ । 

प्रयोगकर्ताहरूले आफ्नो ट्रयाकरलाई निजीकृत गर्न सक्छन् र १०० भन्दा बढी प्रिसेटहरू सेटिङबाट आफ्नो मनपर्ने वाच फेस छनोट गरेर वा ब्याकग्राउण्डको रूपमा आफ्नै फोटोहरू सेट गरेर यसलाई थप स्टाइलिश बनाउन सक्छन् । 

प्रयोगकर्ताहरूले सजिलैसँग एक–क्लिक बटनको साथ आफ्नो फेसन र दैनिक दिनचर्याहरू सुहाउँदो ब्यान्डहरू मिलाएर लगाउन सक्ने कम्पनीको भनाइ छ । ग्यालेक्सी फिट ३ पानी र धुलो प्रतिरोध सुविधा छ, जसले गर्दा प्रयोगकर्ताहरूले विभिन्न वातावरणमा बाहिरी गतिविधिहरूको आनन्द लिन सक्छन् । 

प्रयोगकर्ताहरूलाई सुरक्षा प्रदान गर्न, ग्यालेक्सी फिट ३ मा फल डिटेक्शन र इमर्जेन्सी एसओएस लगायतका नयाँ सुरक्षा सुविधाहरू थपिएका छन् । असामान्य गिरावट पत्ता लाग्ने बित्तिकै ग्यालेक्सी फिट ३ ले प्रयोगकर्ताहरूलाई आपतकालीन सेवाहरूका लागि समयमै चिकित्सा सहायता प्राप्त गर्न कल गर्ने विकल्प प्रदान गरेको छ । प्रयोगकर्ताहरू आपतकालीन अवस्थामा हुँदा तिनीहरूले साइड बटन पाँच पटक थिचेर तुरुन्तै एसओएस पठाउन सक्छन् ।

प्रयोगकर्ताहरूले ग्यालेक्सी फिट ३ लाई आफ्नो हातको नाडीमा नियन्त्रकको रूपमा सजिलै प्रयोग गर्न सक्छन्, आफ्नो स्मार्टफोन क्यामेराको लागि रिमोट कन्ट्रोलको रूपमा मात्र नभई क्यामेरा रिमोटको साथ फोटो खिच्ने र टाइमरहरू सेट गर्दा, र योसँग जडान गरिएको अन्य उपकरणमा मिडिया प्ले गर्न र नियन्त्रण गर्न पनि प्रयोग गर्न सक्छन् । 

यसमा स्वचालित रूपमा आफ्नो ग्यालेक्सी फिट ३ र पेयर गरिएको स्मार्टफोनबीच मोडहरू सिङ्क गर्न सक्छन् । यदि स्मार्टफोन हराएको छ भने प्रयोगकर्ताहरूले यसलाई ग्यालेक्सी फिट ३ मा फाइन्ड माइ फोन सुविधाको साथ सजिलै पत्ता लगाउन सक्छन् र यसै गरी ग्यालेक्सी फिट ३ हराएमा पनि त्यसरी नै पत्ता लगाउन सकिन्छ ।

ग्यालेक्सी फिट ३ यही फागुन २८ गतेदेखि नेपालभरमा उपलब्ध हुनेछ । यो ग्रे, सिल्भर, पिङ्क गोल्ड रङ्गहरुमा उपलब्ध हुनेछ भने यसको मूल्य ७ हजार ९९९ रूपैयाँ तोकिएको छ ।