कीवर्डहरू -

८ महिनामा २२ करोड रुपैयाँ बढीको स्मार्टवाच आयात

८ महिनामा २२ करोड रुपैयाँ बढीको स्मार्टवाच आयात

चालू आर्थिक वर्षको ८ महिनामा २२ करोड रुपैयाँ बढीको स्मार्टवाच नेपालमा आयात भएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि फागुसम्म २२ करोड ९२ लाख ३४ हजार रुपैयाँको स्मार्टवाच आयात भएको हो । 

भन्सार विभागको तथ्यांक अनुसार ८ महिनामा २२ करोड ९२ लाख ३४ हजार रुपैयाँ बराबरको १ लाख ७७ हजार ८७५ यूनिट स्मार्टवाच नेपाल भित्रिएका छन् । 

यसबाट नेपाल सरकारलाई ७ करोड ३ लाख ८० हजार रुपैयाँ राजस्व संकलन प्राप्त भएको छ ।