कीवर्डहरू -

आइफोन १६ सिरिजमा ब्याट्रीको डिजाईन र क्यापेसिटीमा वृद्धि

आइफोन १६ सिरिजमा ब्याट्रीको डिजाईन र क्यापेसिटीमा वृद्धि

आइफोन १६ र आइफोन १६ प्रो म्याक्सको ब्याट्री विवरण बाहिरिएको छ । आइफोन १६ सिरिजमा ब्याट्रीको डिजाईन र क्यापेसिटीमा बढाइएको छ ।

आइफोन १६ मा ३ हजार ५६१ एमएएचको ब्याट्री हुनेछ भने आइफोन १६ प्लसमा ४ हजार ००६ एमएएचको ब्याट्री हुने जनाइएको छ ।

एक पूर्व प्रयोगकर्ता माजिन बुले दुबै आईफोनको ब्याट्री डिजाइनको तुलना गरेका छन् । एप्पलको पछिल्लो फोन आइफोन १५ मा ३ हजार २७९ एमएएच ब्याट्री छ भने प्रो म्याक्समा ४ हजार ३५२ एमएएच ब्याट्री राखिएको छ ।

एप्पलले एल आकारको ब्याट्री डिजाइन परिवर्तन गर्न सक्ने समेत एउटा प्रतिवेदनमा बताइएको छ । यससँगै आईफोन १६ सिरिजको डिजाइनमा पनि ठूलो परिवर्तन हुने अपेक्षा गरिएको छ ।

यस रिडिजाईन अन्तर्गत रियर क्यामेरा लेआउटमा आवश्यक परिवर्तनहरू समावेश गरिनेछ । आइफोन १६ प्रोमा पेरिस्कोप क्यामेरा समावेश गर्ने समेत बताइएको छ ।