काठमाडौं । प्रिन्टर, लेबलिङ मेसिन र सिलाइ मेसिनको काम फरक फरक भएपनि यी सबैको उद्देश्य एउटै छ- दैनिक कामलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउनु ।
यही अवधारणालाई आत्मसात् गर्दै विश्वप्रसिद्ध ब्रान्ड ब्रदर (Brother) ले घर, कार्यालय, व्यवसाय तथा विभिन्न कार्य क्षेत्रका लागि आवश्यक प्रविधि र उपकरण उपलब्ध गराउँदै आएको छ ।
सामान्यतया ब्रदरलाई प्रिन्टर ब्रान्डका रूपमा चिन्ने गरिए पनि कम्पनीका उत्पादन प्रिन्टिङमा मात्र सीमित छैनन् । प्रिन्टिङ तथा स्क्यानिङदेखि लेबलिङ र सिलाइसम्मका विविध आवश्यकतालाई लक्षित गर्दै ब्रदरले फरक–फरक प्रयोजनका उपकरणहरू बजारमा उपलब्ध गराएको छ ।
घर तथा कार्यालयका लागि प्रिन्टिङ समाधान
विद्यार्थीका असाइनमेन्ट, कार्यालयका कागजात, व्यवसायका बिल तथा अन्य आवश्यक दस्तावेज प्रिन्ट गर्न प्रिन्टर दैनिक जीवनको महत्त्वपूर्ण उपकरण बनिसकेको छ । यस्तो अवस्थामा प्रिन्टर छनोट गर्दा मूल्यसँगै प्रिन्टिङ क्षमता, सञ्चालन खर्च, मसी तथा टोनरको खपत र दीर्घकालीन उपयोगितालाई पनि ध्यान दिन आवश्यक हुन्छ ।
ब्रदरले प्रयोगकर्ताको आवश्यकता र कार्यभारअनुसार विभिन्न प्रकारका प्रिन्टर उपलब्ध गराएको छ । कम्पनीको इन्क ट्याङ्क सिरिज (Ink Tank Series) घर, शैक्षिक संस्था तथा कार्यालयमा किफायती रङ्गीन प्रिन्टिङका लागि उपयोगी छ ।
त्यस्तै, नियमित तथा धेरै मात्रामा श्यामश्वेत प्रिन्ट गर्नुपर्ने प्रयोगकर्ताका लागि टोनर बक्स सिरिज (Toner Box Series) उपयुक्त विकल्पका रूपमा रहेको छ ।
व्यावसायिक क्षेत्रमा तीव्र गति र निरन्तर प्रिन्टिङ आवश्यक पर्ने प्रयोगकर्तालाई लक्षित गर्दै ब्रदरले लेजर प्रिन्टर सिरिज (Laser Series) पनि उपलब्ध गराएको छ ।
त्यस्तै, ठूला कागजात, स्प्रेडसिट तथा मार्केटिङ सामग्री प्रिन्ट गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखेर कम्पनीले एथ्री (A3) प्रिन्टर समेत उपलब्ध गराएको छ ।
प्रिन्टर छनोट गर्दा सबैभन्दा धेरै फिचर भएको उपकरणभन्दा पनि आफ्नो काम, बजेट र आवश्यकतासँग मेल खाने उपकरण रोज्नु महत्त्वपूर्ण हुन्छ ।
कामलाई व्यवस्थित बनाउने लेबलिङ मेसिन
कार्यालयमा फाइल तथा उपकरणको पहिचान, पसल र गोदाममा सामानको व्यवस्थापन तथा विभिन्न कार्यशालामा औजार र सामग्रीको वर्गीकरण गर्न स्पष्ट लेबलको आवश्यकता पर्छ । वस्तुहरूको सही पहिचान र व्यवस्थापनले समय बचत गर्नुका साथै कामलाई थप व्यवस्थित बनाउन सहयोग पुर्याउँछ ।
यसका लागि ब्रदरले पी-टच (P-touch) सहितका विभिन्न लेबलिङ मेसिन उपलब्ध गराएको छ । यस्ता मेसिनबाट फाइल, कार्यालयका उपकरण, सामान, प्याकेज तथा भण्डारण सामाग्रीमा आवश्यकताअनुसार लेबल तयार गर्न सकिन्छ ।
विशेष गरी धेरै सामाग्री व्यवस्थापन गर्नुपर्ने कार्यालय, पसल, गोदाम तथा व्यवसायमा लेबलिङ मेसिन उपयोगी हुन सक्छ । सानो लेबलले पनि वस्तुको पहिचान र व्यवस्थापनलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।
सिलाइ मेसिनमा पनि ब्रदरको समाधान
ब्रदरको अर्को महत्त्वपूर्ण उत्पादन सिलाइ मेसिन हो, जसबारे धेरै उपभोक्तालाई जानकारी नहुन सक्छ । दैनिक जीवनमा कपडा च्यातिने, फिटिङ मिलाउनुपर्ने वा सामान्य सिलाइसम्बन्धी काम आइपर्ने गर्छन् । यस्ता साना कामका लागि पनि प्रत्येक पटक टेलर कहाँ पुग्नुपर्ने बाध्यता हुन्छ ।
ब्रदरका सिलाइ मेसिनले घरमै सामान्य सिलाइ, कपडाको मर्मत तथा आवश्यकतानुसार फिटिङ मिलाउने काम गर्न सहज बनाउँछन् । विद्युतीय प्रविधिमा आधारित र प्रयोग गर्न सजिला यी मेसिनले समय बचत गर्नुका साथै सामान्य सिलाइका लागि लाग्ने अतिरिक्त खर्च घटाउन सहयोग पुर्याउँछन् ।
सामान्य मर्मत सम्भारमा मात्र सीमित नभई विभिन्न स्टिच प्याटर्न तथा डिजाइन विकल्पमार्फत सिर्जनात्मक काम गर्न पनि यस्ता मेसिन उपयोगी छन् । आफ्नै कपडामा नयाँ डिजाइन थप्न, साना सिलाइ परियोजना सञ्चालन गर्न तथा सिलाइसम्बन्धी सीप सिक्न चाहनेका लागि पनि यी मेसिन उपयुक्त हुन सक्छन् ।
मेसिनसँगै गुणस्तरीय उपभोग्य सामाग्रीको महत्त्व
कुनै पनि मेसिन खरिद गर्नु मात्र पर्याप्त हुँदैन । त्यसको कार्य क्षमता र दीर्घकालीन उपयोगिताका लागि आवश्यक उपभोग्य सामाग्रीको गुणस्तर पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।
प्रिन्टरका लागि मसी, टोनर, टोनर बक्स तथा ड्रम र लेबलिङ मेसिनका लागि लेबलिङ टेप आवश्यक पर्छन् । यस्ता सामाग्रीको गुणस्तरले प्रिन्टको स्पष्टता, मेसिनको कार्य क्षमता र सञ्चालनको विश्वसनीयतामा प्रभाव पार्न सक्छ ।
त्यसैले मेसिनको राम्रो कार्यसम्पादन कायम राख्न र सम्भावित समस्याबाट जोगिन उपयुक्त तथा सक्कली (Genuine) उपभोग्य सामग्री प्रयोग गर्न ब्रदरले जोड दिँदै आएको छ । मेसिन खरिद गर्दा यसको प्रारम्भिक मूल्य र फिचर मात्र नभई दीर्घकालीन सञ्चालन खर्च तथा कार्यसम्पादनलाई समेत ध्यान दिनुपर्ने हुन्छ ।
आवश्यकताअनुसार एउटै ब्रान्डका विविध समाधान
विद्यार्थीलाई किफायती प्रिन्टर आवश्यक पर्न सक्छ भने विस्तार हुँदै गरेको व्यवसायलाई प्रिन्टिङ र स्क्यानिङ सुविधा भएको मल्टिफङ्सन मेसिन चाहिन सक्छ ।
गोदाम सञ्चालकलाई सामानको पहिचान र व्यवस्थापनका लागि लेबलिङ मेसिन आवश्यक हुन सक्छ भने घरायसी प्रयोगकर्तालाई कपडाको सामान्य मर्मत तथा सिलाइका लागि भरपर्दो सिलाइ मेसिन चाहिन सक्छ ।
यी फरक–फरक आवश्यकतालाई सम्बोधन गर्दै ब्रदरले प्रिन्टिङ, स्क्यानिङ, लेबलिङ, सिलाइ तथा सक्कली उपभोग्य सामाग्रीसम्बन्धी विविध समाधान एउटै ब्रान्डअन्तर्गत उपलब्ध गराउँदै आएको छ ।
त्यसैले ब्रदरले के उत्पादन गर्छ भन्ने प्रश्नभन्दा पनि आफ्नो आवश्यकता के हो र त्यसलाई सहज रूपमा पूरा गर्न कुन उपकरण उपयुक्त हुन्छ भन्ने विषय महत्त्वपूर्ण हुन्छ ।
आईसीटी समाचार