काठमाडौं । मोबाइलमाण्डुले दसैंलाई लक्षित गर्दै ‘मोबाइलमाण्डु दसैं ग्याजेट मेला’ सञ्चालनमा ल्याएको छ । असोज २० गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने मेलामा विभिन्न विद्युतीय सामाग्रीमा छुट, स्मार्टफोन खरिदमा निश्चित उपहार, वेबसाइटमार्फत खरिद गर्दा थप छुट, नि:शुल्क डेलिभरी, किस्ताबन्दी सुविधा तथा मेगा लक्की ड्रलगायतका योजना ल्याइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार मेलाअन्तर्गत विभिन्न उत्पादनमा ५० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । स्मार्टफोन खरिद गर्ने प्रत्येक ग्राहकले मूल्यअनुसार निश्चित उपहार समेत प्राप्त गर्नेछन् । ३० हजार रुपैयाँभन्दा कम मूल्यको स्मार्टफोन खरिदमा मोबाइल स्ट्यान्ड, टेम्पर्ड ग्लास र इयरफोन, ३० हजारदेखि ७५ हजार रुपैयाँसम्मका स्मार्टफोनमा मोबाइल स्ट्यान्ड, टेम्पर्ड ग्लास र वायरलेस इयरबड उपलब्ध गराइनेछ ।
त्यसैगरी, ७५ हजारदेखि १ लाख रुपैयाँसम्मका स्मार्टफोन खरिदमा फोन कभर, टेम्पर्ड ग्लास र वायरलेस इयरबड तथा १ लाख रुपैयाँभन्दा माथिका स्मार्टफोनमा फोन कभर, टेम्पर्ड ग्लास र स्मार्टवाच उपहार दिइनेछ ।
मेलाकै अवसरमा कम्पनीले ब्ल्याक शार्क टी१८ वायरलेस इयरबड सार्वजनिक गर्ने जनाएको छ । ३ हजार ९९९ रुपैयाँ मूल्य तोकिएको उक्त इयरबडलाई मेलाभर ३ हजार ४९९ रुपैयाँमा खरिद गर्न सकिनेछ । साथै, पहिलो १५ जना ग्राहकले ‘BLACKT18’ प्रवर्द्धन कोड प्रयोग गरी २ हजार ५०० रुपैयाँमै इयरबड खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
मेलामा चयन गरिएका विद्युतीय सामाग्री, स्मार्टवाच तथा सहायक सामाग्रीमा ५० प्रतिशतसम्म छुटका साथै वेबसाइटमार्फत खरिद गर्दा थप छुट पाउने कुपन, सीमित समयका ‘फ्ल्यास सेल’ तथा विभिन्न संयुक्त खरिद योजना पनि सञ्चालन हुनेछन् । २ हजार ४९९ रुपैयाँभन्दा माथिको खरिदमा देशभर नि:शुल्क डेलिभरीको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
१ लाख रुपैयाँको मेगा लक्की ड्र
दसैं ग्याजेट मेलामा २ हजार ५०० रुपैयाँ वा सोभन्दा बढीको खरिद गर्ने ग्राहक १ लाख रुपैयाँ बराबरका प्राविधिक सामाग्रीको मेगा लक्की ड्रमा सहभागी हुन सक्नेछन् । अनलाइन वा मोबाइलमाण्डुको भौतिक पसलबाट खरिद गर्ने ग्राहक स्वत: लक्की ड्रमा सहभागी हुने व्यवस्था गरिएको छ ।
कम्पनीका अनुसार लक्की ड्रमार्फत पाँच जना विजेता छनोट गरिनेछ । विजेताले स्मार्टफोन, ट्याब्लेट वा ल्यापटप, स्मार्टवाच, वायरलेस इयरबड तथा हेडफोनलगायतका सामाग्री प्राप्त गर्नेछन् ।
मेलामा स्मार्टफोन, इयरबड तथा हेडफोन, स्मार्टवाच, घरायसी विद्युतीय सामाग्री, चार्जर तथा पावरबैंक, ल्यापटप तथा ट्याब्लेट र बालबालिकाका लागि प्रविधिसम्बन्धी सामग्री उपलब्ध हुनेछन् । ब्ल्याक शार्क, अल्टिमा, एन्कर, ओराइमो, बाविन, एन्स्टी, ओनिकुमा र हिट्जलगायतका ब्रान्डका उत्पादन मेलामा समावेश गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ग्राहकले मोबाइलमाण्डुको वेबसाइट वा भौतिक पसलबाट खरिद गर्न सक्नेछन् । दसैंको खरिदलाई थप आकर्षक बनाउने उद्देश्यले छुट, उपहार तथा लक्की ड्रलगायतका योजना ल्याइएको कम्पनीले जनाएको छ ।
आईसीटी समाचार