कीवर्डहरू -

जगदम्बा मोटर्सद्वारा नयाँ टीभीएस रेडर १२५ सिंगल सिट नेपालमा सार्वजनिक

जगदम्बा मोटर्सद्वारा नयाँ टीभीएस रेडर १२५ सिंगल सिट नेपालमा सार्वजनिक

काठमाडौं । TVS Motor Company को नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले नेपाली बजारमा नयाँ TVS Raider 125 Single Seat सार्वजनिक गरेको छ । यस नयाँ मोडलको आगमनसँगै नेपालमा TVS Raider पोर्टफोलियो थप विस्तार भएको छ ।

रु. २,७९,९०० मूल्य तोकिएको नयाँ TVS Raider 125 Single Seat ले Raider को परिचित स्पोर्टी डिजाइन र प्रदर्शनलाई थप आरामदायी तथा व्यावहारिक single-seat configuration सँग जोडेको छ । विशेष गरी स्टाइल, प्रदर्शन र दैनिक प्रयोगलाई समान महत्व दिने युवा राइडरलाई लक्षित गर्दै यो मोडल प्रस्तुत गरिएको हो ।

थप आराम, थप सहजता
नयाँ single-seat configuration ले चालक र पछाडि बस्ने यात्रु दुवैका लागि थप निरन्तर, फराकिलो र सहज seating area प्रदान गर्दछ । यसले राइडरलाई आफ्नो बसाइको स्थिति सहज रूपमा मिलाउन सहयोग गर्नुका साथै दैनिक सवारी, लामो दूरीको यात्रा तथा दुई जनासहितको राइडमा थप flexibility प्रदान गर्छ ।

काम, कलेज, leisure ride वा परिवारसँगको आवतजावतमा मोटरसाइकल प्रयोग गर्ने ग्राहकका लागि यो single-seat layout ले Raider लाई अझ उपयोगी र बहुपयोगी बनाउँछ, जबकि यसको स्पोर्टी character भने यथावत् रहन्छ ।

यस नयाँ भेरियन्टले Raider को sharp र energetic styling कायम राख्दै फराकिलो प्रयोगका लागि उपयुक्त seating configuration थपेको छ ।

TVS Raider मा 124.8cc इन्जिन, 5-speed gearbox, reverse LCD digital display, LED lighting, monoshock suspension तथा USB charging जस्ता आधुनिक फिचर समावेश छन्, जसले प्रदर्शनसँगै दैनिक सवारीलाई थप सहज र सुविधाजनक बनाउँछन् ।

TVS Raider 125cc सेग्मेन्टमा युवा तथा आधुनिक राइडरलाई लक्षित गर्दै विकसित गरिएको मोटरसाइकल हो । यसको आकर्षक डिजाइन, distinctive headlamp, digital instrumentation तथा responsive performance ले यसलाई दैनिक राइडसँगै स्पोर्टी अनुभव चाहने राइडरका लागि उपयुक्त विकल्प बनाउँछ ।

भृकुटीमण्डपमा सम्पन्न सार्वजनिक कार्यक्रममा सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर तथा इन्फ्लुएन्सरहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले नयाँ TVS Raider 125 Single Seat को डिजाइन, फिचर तथा समग्र स्वरूपलाई नजिकबाट अवलोकन गरेका थिए ।

नयाँ TVS Raider 125 Single Seat को सार्वजनिकसँगै जगदम्बा मोटर्सले नेपाली राइडरहरूलाई स्पोर्टी डिजाइन, प्रभावकारी प्रदर्शन, आराम र दैनिक प्रयोगको सहजता प्रदान गर्ने विकल्पहरू थप विस्तार गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ ।

मूल्य तथा उपलब्धता
नयाँ TVS Raider 125 Single Seat को मूल्य रु. २,७९,९०० कायम गरिएको छ । यो मोटरसाइकल नेपालभर रहेका आधिकारिक TVS बिक्री केन्द्रहरूमार्फत उपलब्ध हुनेछ ।