काठमाडौं । सामसङ नेपालले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार तथा उनीहरूका परिवारलाई लक्षित गर्दै ‘Remit मा Benefit’ नामक विशेष उपभोक्ता अभियान सुरु गरेको घोषणा गरेको छ ।
कम्पनीका अनुसार यो अभियान विदेशमा श्रम गरिरहेका नेपालीहरूको योगदानलाई सम्मान गर्दै उनीहरूले पठाउने रेमिट्यान्सलाई परिवारको जीवनस्तर सुधारसँग जोड्ने उद्देश्यले ल्याइएको हो ।
सामसङले रेमिट्यान्स केवल आर्थिक सहयोग मात्र नभई त्याग, आकांक्षा र जिम्मेवारीको प्रतीक भएको उल्लेख गर्दै यस अभियानमार्फत आकांक्षा र पहुँचबीचको दूरी कम गर्ने लक्ष्य राखेको जनाएको छ ।
अभियानअन्तर्गत रेमिट्यान्समा आधारित परिवारलाई प्रिमियम प्रविधि सहज रूपमा उपलब्ध गराउन विभिन्न विशेष अफर सार्वजनिक गरिएको छ ।
उपलब्ध सुविधाहरू
- स्मार्टफोन, सामसङ टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिनमा अधिकतम ६ प्रतिशतसम्म क्यासब्याक
- Ncell रिचार्जमा अधिकतम १८० जीबी बोनस डेटा
- २४ महिनासम्मको EMI सुविधा
कम्पनीका अनुसार यी सुविधाले मासिक किस्ता भार घटाउँदै गुणस्तरीय तथा प्रिमियम उत्पादनमा पहुँच विस्तार गर्नेछ । यो अभियान IME Remit, Khalti, HFL, HIM Electronics र Triveni Byapar Limited सँगको सहकार्यमा सञ्चालन गरिएको हो ।
अफर उपयोग गर्ने प्रक्रिया
- IME Remit मार्फत रेमिट्यान्स प्राप्त गर्ने
- IME कन्ट्रोल नम्बर सहित स्टोरमा जाने
- इच्छित डिभाइस छनोट गरी HFL मार्फत ऋण आवेदन दिने
- सामसङ स्मार्टफोन खरिद गर्दा Ncell प्याक लिएर बोनस प्राप्त गर्ने
- Khalti मार्फत योग्य क्यासब्याक प्राप्त गर्ने
अभियान सार्वजनिक कार्यक्रममा सामसङ नेपालका MX Business का सिनियर डाइरेक्टर प्रणय रत्न स्थापितले रेमिट्यान्स लाखौं नेपालीको आशा र आकांक्षाको प्रतिविम्ब भएको बताए ।
उनले ‘सपनादेखि सम्भावनासम्म’ अभियानमार्फत विदेशमा रहेका नेपालीको योगदानलाई सम्मान गर्दै परिवारका लागि प्रविधि अझ पहुँचयोग्य बनाउने लक्ष्य रहेको बताए । कम्पनीका अनुसार यो अफर IME Remit मार्फत कारोबार गर्ने रेमिटर तथा उनीहरूका आश्रितका लागि विशेष रूपमा उपलब्ध हुनेछ ।
आईसीटी समाचार