कीवर्डहरू -

सेरेसको थ्रि एस सुविधासहितको शोरुम बुटवलको कालीकानगरमा

सेरेसको थ्रि एस सुविधासहितको शोरुम बुटवलको कालीकानगरमा

विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्षस्थान ब्रान्ड बन्ने उद्देश्यका साथ बृटबलको कालीका नगरमा सेरेसले आफ्नो अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले बृटबलमा थ्रि एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो ।

नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले बुटवलमा डिलरशिपका लागि इ एम मोटर्स सँग साझेदारी गरेको छ । शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्नेछ ।

अग्रज उद्यमीहरू लगायत अन्य महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति रहेको उद्घाटन समारोहमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष  हरी प्रसाद अर्याल ,नाडा रुपन्देहीका अध्यक्ष गणेश भटराई, एमएडब्लू वृद्धि अटोकोर्प का बिजनेष हेड प्रशन्न पन्त, इएम मोटसका डाईरेक्टर राजेश घिमीरे  लगाएतले सोरुमको  उदघाटन गरेका थिए ।

रुपन्देहीमा इलेक्टिक चारपाग्रे सवारी साधनको माग बढदै गएको  भन्दै रुपन्देहीमा सेरेस गाडी लोकपिय  हुने विश्वास व्यक्त गरे  । शोरुम उद्घाटनको अवसरमा एक जना  ग्राहकलाई  इएम  मोटर्सले सेरेस थ्रि  इभी  गाडी हस्तान्तरण गरेको थियो ।