कीवर्डहरू -

३ महिनामा ९० हजार स्मार्टवाच नेपाल भित्रिए, चीनबाट मात्रै ७ करोड बढीको आयात

३ महिनामा ९० हजार स्मार्टवाच नेपाल भित्रिए, चीनबाट मात्रै ७ करोड बढीको आयात

चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा ८ करोड ७२ लाख २५ हजार रुपैयाँ बराबरको स्मार्ट वाच आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तसम्म ८ करोड ७२ लाख २५ हजार रुपैयाँ बराबरका ९० हजार ९७९ वटा स्मार्टवाच आयात भएका हुन् । 

स्मार्टवाचको आयातबाट सरकारलाई कूल २ करोड ७५ लाख ५० हजार रुपैयाँ राजस्व प्राप्त भएको छ । भन्सार विभागको तथ्यांक अनुसार २० देशबाट नेपालमा स्मार्टवाच आउने गरेको देखिन्छ । २० देशमध्ये सबैभन्दा बढी चीनबाट आउने गरेको छ ।

चीनबाट मात्रै ७ करोड ११ लाख ८२ हजार रुपैयाँ बराबरको ८८ हजार ४८ वटा स्मार्टवाच आयात भएको छ । त्यस्तै भारतबाट ६० लाख ३८ हजार रुपैयाँ बराबरको २ हजार ५९३ स्मार्टवाच आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।