कीवर्डहरू -

भायानेटले ल्यायो ‘आजको प्रब्लम, आजै फिक्स’ सेवा

भायानेटले ल्यायो ‘आजको प्रब्लम, आजै फिक्स’ सेवा

काठमाडौं । भायानेट कम्युनिकेसन्स लिमिटेडले आफ्ना ग्राहकलाई छिटो र प्रभावकारी प्राविधिक सहयोग प्रदान गर्ने उद्देश्यले ‘आजको प्रब्लम, आजै फिक्स’ सेवा सुरु गरेको छ । यस सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता गरिएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्याहरू सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकतामा राखिनेछन् । 

ग्राहकको समस्याको प्रकृतिअनुसार भायानेटले रिमोट सपोर्टमार्फत वा आवश्यक परे प्राविधिक टोली ग्राहकको घरमै पठाएर समस्या समाधान गर्ने कम्पनीले जनाएको छ । 

भायानेटले ग्राहक सेवामा विशेष प्राथमिकता दिँदै आएको छ । यस सेवामार्फत इन्टरनेटमा समस्या आउँदा ग्राहकले लामो समय कुर्नुपर्ने अवस्थालाई कम गर्दै छिटो, सहज र भरपर्दो सेवा अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ ।

प्राविधिक सहयोगका लागि ग्राहकहरूले भायानेटको सपोर्ट नम्बर ०१–५९७०४४४ मा सम्पर्क गर्न अनुरोध गरेको छ । यसका लागि नियम तथा सर्तहरू तोकिएको छ ।