कीवर्डहरू -

मोबाइल एपबाटै कन्ट्रोल गर्न सकिने माइडिया रेफ्रिजेरेटर नेपाली बजारमा

मोबाइल एपबाटै कन्ट्रोल गर्न सकिने माइडिया रेफ्रिजेरेटर नेपाली बजारमा

माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक  किचनको लागि डिजाइन गरिएको साइड वाई साइड र मल्टी डोर (४ ढोका) भएको माइडिया   रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ।  नेपालमा ग्राहकहरुबाट अत्याधिक माग बढेकाले सोहीअनुसार उपलब्ध गराइएको कम्पनीले बताएको छ। 

आकर्षक, कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइनका यी रेफ्रिजेरेटरमा एम स्मार्ट होम एपमार्फत वाईफाईबाट स्मार्ट कन्ट्रोलको सुविधा रहेको छ, अफिस या घुम्न गएको बेला या घर बाहिर भएको बेला पनि सजिलै आफ्नो रेफ्रिजेरेटर कन्ट्रोल गर्न सकिने कम्पनीले बताएको छ । 

इन्भर्टर क्वाट्रो मोटर कन्ट्रोल सिस्टम रहेका माइडिया  वाईफाई रेफ्रिजेरेटरले  उर्जाको सहि उपयोग र  बिजुलीको लागत घटाउँदै तपाईंको खानाको लागि लामो समयसम्म ताजापन सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।