कीवर्डहरू -

सामाजिक सञ्जालमा धम्की दिँदै रकम असुल्ने व्यक्ति साइबर ब्युरोको फन्दामा

सामाजिक सञ्जालमा धम्की दिँदै रकम असुल्ने व्यक्ति साइबर ब्युरोको फन्दामा

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमार्फत एक महिलालाई ब्ल्याकमेल गरी मानसिक तनाव दिँदै आर्थिक लाभ लिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले बिहिबार सूचना जारी गर्दै पीडित महिलाको फोटो राखी ब्ल्याकमेल गर्ने तथा निजका व्यक्तिगत फोटो–भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरिएको जनाएको हो ।

ब्युरोका अनुसार पक्राउ पर्नेमा गुल्मीको कालीगण्डकी गाउँपालिका १ घर भई हाल काठमाडौं महानगरपालिका ३० बस्दै आएका २१ वर्षीय समीर तामाङ रहेका छन् । उनलाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको साइबर ब्युरोले जनाएको छ ।

प्रहरीका अनुसार सामाजिक सञ्जालको दुरुपयोग गर्दै ब्ल्याकमेल तथा धम्कीमार्फत आर्थिक लाभ लिन खोज्ने गतिविधिमाथि निगरानी बढाइएको छ । साइबर ब्युरोले यस्ता घटनाबाट सचेत रहन तथा कुनै समस्या परे तत्काल प्रहरीमा उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

null