कीवर्डहरू -

फोनको ब्याट्री लामो समय टिकाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यी उपाय

फोनको ब्याट्री लामो समय टिकाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यी उपाय

काठमाडौं । आजको डिजिटल युगमा स्मार्टफोन दैनिक जीवनको अनिवार्य हिस्सा बनेको छ । अफिसको काम, अनलाइन कल, सामाजिक सञ्जाल, पढाइ तथा मनोरञ्जनदेखि लिएर सबै गतिविधिमा फोनको प्रयोग बढेसँगै यसको ब्याट्रीमा पनि निरन्तर दबाब पर्ने गरेको छ । यही कारण धेरै प्रयोगकर्ताले फोन छिटो डिस्चार्ज हुने समस्या भोगिरहेका छन्

विशेषज्ञहरूका अनुसार गलत प्रयोग र केही सामान्य गल्तीका कारण स्मार्टफोनको ब्याट्री जीवन (battery life) उल्लेखनीय रूपमा घट्न सक्छ । तर केही सरल सावधानी अपनाएमा ब्याट्रीको आयु बढाउन सकिने उनीहरूको सुझाव छ

रातभर चार्जमा फोन नराख्ने

विशेषज्ञहरूले रातभर फोन चार्जमा राख्ने बानीलाई हानिकारक मान्छन् । लामो समयसम्म चार्जमा राख्दा ब्याट्रीमा अतिरिक्त दबाब पर्न गई यसको क्षमता क्रमश: घट्न सक्ने बताइन्छ

२० प्रतिशतमा चार्ज गर्न सुझाव

फोनको ब्याट्री पूर्ण रूपमा सकिनु नदिन र बारम्बार शून्य प्रतिशतसम्म प्रयोग नगर्न विशेषज्ञहरूको सुझाव छ । करिब २० प्रतिशत ब्याट्री बाँकी हुँदा चार्जमा राख्दा ब्याट्रीको दीर्घायुमा सकारात्मक प्रभाव पर्ने उनीहरू बताउँछन् । आवश्यक परे पावर बैंकको प्रयोग गर्न पनि सुझाव दिइएको छ

सक्कली चार्जर मात्र प्रयोग गर्नुपर्ने

फोनसँग आउने वा प्रमाणित (original) चार्जर मात्र प्रयोग गर्न विज्ञहरूको जोड छ। अनधिकृत वा सस्तो चार्जर प्रयोग गर्दा ब्याट्रीमा क्षति पुग्ने र दीर्घकालीन समस्या देखिन सक्ने चेतावनी दिइएको छ

चार्ज गर्दा कभर हटाउन सुझाव

चार्ज गर्दा फोनको कभर हटाउनु पर्ने पनि सुझाव दिइएको छ । कभरका कारण फोन तात्ने सम्भावना बढ्ने भएकाले चार्जिङ प्रक्रिया प्रभावित हुन सक्ने बताइन्छ

फास्ट चार्जिङ एप्सबाट सतर्क रहन आग्रह

विशेषज्ञहरूले तेस्रो पक्षका फास्ट चार्जिङ एप्सप्रयोग नगर्न सुझाव दिएका छन् । यस्ता एपहरूले ब्याकग्राउन्डमा निरन्तर चलेर ब्याट्रीमा अतिरिक्त भार पार्ने र उल्टै ब्याट्री छिटो कमजोर बनाउने सम्भावना रहने उनीहरूको भनाइ छ

समग्रमा, सामान्य सावधानी अपनाए स्मार्टफोनको ब्याट्री जीवन उल्लेखनीय रूपमा बढाउन सकिने प्राविधिक जानकारहरूको निष्कर्ष छ