कीवर्डहरू -

एआई सुविधासहित सामसङ ग्यालेक्सी ए२७ फाइभजी नेपालमा

एआई सुविधासहित सामसङ ग्यालेक्सी ए२७ फाइभजी नेपालमा

काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७ फाइभजी सार्वजनिक गरेको छ । कम मूल्यमा अत्याधुनिक एआई (कृत्रिम बुद्धिमत्ता) सुविधा, आकर्षक डिजाइन, भरपर्दो कार्यसम्पादन, मजबुत सुरक्षा तथा ६ वर्षसम्मको सफ्टवेयर सपोर्ट उपलब्ध गराउने लक्ष्यसहित कम्पनीले आफ्नो ग्यालेक्सी ए सिरिजअन्तर्गत यो नयाँ स्मार्टफोन बजारमा ल्याएको हो ।

सामसङ नेपालका एमएक्स बिजनेसका सिनियर डाइरेक्टर प्रणय रत्न स्थापितले नयाँ ग्यालेक्सी ए सिरिजले एआई प्रविधिलाई धेरैभन्दा धेरै प्रयोगकर्ताको पहुँचमा पुर्‍याउने सामसङको प्रतिबद्धतालाई थप बलियो बनाएको बताए । उनका अनुसार ग्यालेक्सी ए२७ फाइभजीमा समावेश गरिएको ‘असम इन्टेलिजेन्स’ सुविधाले दैनिक प्रयोगलाई अझ सहज, स्मार्ट र प्रभावकारी बनाउनेछ ।

उनले २४ महिनासम्मको किस्ता सुविधासहित कम्पनीले अत्याधुनिक प्रविधिलाई अझ किफायती रूपमा ग्राहकसम्म पुर्‍याउन खोजेको उल्लेख गरे । ग्यालेक्सी ए२७ फाइभजीमा ७.८ मिलिमिटर स्लिम डिजाइनसहित ६.७ इन्चको एफएचडी प्लस सुपर एमोलेड डिस्प्ले दिइएको छ । १२० हर्जसम्मको रिफ्रेस रेट र नयाँ इन्फिनिटी–ओ पञ्च–होल डिजाइनले भिडियो हेर्ने, गेम खेल्ने तथा अन्य सामग्री प्रयोग गर्दा अझ उत्कृष्ट दृश्य अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

यो स्मार्टफोन लाइट ग्रीन, लाइट पिङ्क र ब्ल्याक रङमा उपलब्ध हुनेछ । फोनमा फोर न्यानोमिटर स्न्यापड्रागन सिक्स जेन थ्री अक्टा–कोर प्रोसेसर प्रयोग गरिएको छ । यसले धेरै एप एकैपटक सञ्चालन गर्ने, भिडिओ स्ट्रिमिङ गर्ने तथा एआईमा आधारित एपहरू सहज रूपमा चलाउन सक्षम बनाउने कम्पनीले जनाएको छ ।

फोनमा भ्वाइस ट्रान्सक्रिप्सन सुविधा पनि उपलब्ध छ जसले बैठक, कक्षा वा अन्य कुराकानीलाई स्वतः पाठमा रूपान्तरण गर्न सहयोग गर्छ । साथै गुगल जेमिनी र पप्र्लेक्सिटी जस्ता एआई सहायकहरूसँग पनि यसले काम गर्नेछ जसको एकीकरण ग्यालेक्सीका आफ्नै एपहरूसँग गरिएको बताएको छ ।

ग्यालेक्सी ए२७ फाइभजीमा ५० मेगापिक्सेल ओआईएस मुख्य क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा, २ मेगापिक्सेल म्याक्रो क्यामेरा तथा १२ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । फोनमा ५ हजार एमएएच क्षमताको ब्याट्री र २५ वाट फास्ट चार्जिङ सुविधा उपलब्ध छ । साथै एन्ड्रोइड १६ मा आधारित वान यूआई ८.५, सामसङ नक्स भल्ट सुरक्षा प्रणाली तथा आईपी–६४ स्तरको पानी र धुलो प्रतिरोधी क्षमता पनि समावेश गरिएको छ ।

ग्यालेक्सी ए२७ फाइभजीको ६ जीबी र्याम र १२८ जीबी स्टोरेज संस्करणको मूल्य ५५ हजार ९९९ रुपैयाँ तोकिएको छ । यसमा १२ महिनाको किस्ता रकम २ हजार ५५० रुपैयाँ तथा २४ महिनाको किस्ता १ हजार ५१९ रुपैयाँ प्रतिमहिना पर्नेछ । त्यसैगरी ८ जीबी र्याम र ५१२ जीबी स्टोरेज संस्करणको मूल्य ६९ हजार ९९९रुपैयाँ निर्धारण गरिएको छ । यसमा १२ महिनाको किस्ता ३ हजार २५० रुपैयाँ र २४ महिनाको किस्ता १ हजार ८९९ रुपैयाँ प्रतिमहिना हुनेछ ।

सामसङले नयाँ फोन खरिदलाई थप आकर्षक बनाउन पुरानो फोन साट्ने योजना पनि सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो फोनको मूल्याङ्कन रकमका अतिरिक्त रु. ८ हजारसम्म एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् । यसका साथै ग्राहकले १२० जीबी एनसेल डाटा उपहार पाउनेछन् भने सुरुवाती भुक्तानीबिनै २४ महिनाको किस्ता सुविधा मार्फत नयाँ ग्यालेक्सी ए२७ फाइभजी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।