कीवर्डहरू -

फोन किन्दै हुनुहुन्छ? तपाईंका लागि कति एमएएच ब्याट्री भएको स्मार्टफोन सबैभन्दा उपयुक्त हुन्छ?

फोन किन्दै हुनुहुन्छ? तपाईंका लागि कति एमएएच ब्याट्री भएको स्मार्टफोन सबैभन्दा उपयुक्त हुन्छ?

आजभोलि स्मार्टफोन किन्दा क्यामेरा, प्रोसेसर र डिस्प्ले मात्र होइन, ब्याट्री पनि सबैभन्दा महत्वपूर्ण पक्षमध्ये एक बनेको छ। पहिले ४,०००mAh देखि ५,०००mAh सम्मको ब्याट्री भएका स्मार्टफोनहरू बढी देखिन्थे भने अहिले बजारमा ६,०००mAh, ७,०००mAh र १०,०००mAh सम्मको ब्याट्री भएका स्मार्टफोन पनि उपलब्ध छन्। यस्तो अवस्थामा धेरैको मनमा एउटा प्रश्न उठ्छ, आफ्नो आवश्यकताअनुसार कति एमएएच ब्याट्री भएको फोन रोज्नु उपयुक्त हुन्छ? आउनुहोस्, यसबारे विस्तारमा बुझौँ।

तपाईंका लागि कति एमएएच ब्याट्री भएको फोन उपयुक्त?

यदि तपाईंको मोबाइल प्रयोग कल गर्ने, ह्वाट्सएप, सामाजिक सञ्जाल चलाउने र सामान्य ब्राउजिङसम्म मात्र सीमित छ भने आज पनि ५,०००एमएएच ब्याट्री भएको स्मार्टफोन उत्कृष्ट विकल्प हुन सक्छ। सामान्य प्रयोगमा यस्ता फोनले सजिलै पूरा दिनको ब्याट्री ब्याकअप दिन सक्छन्।

अर्कोतर्फ, यदि तपाईं नियमित रूपमा भिडियो हेर्नुहुन्छ, अनलाइन कक्षा लिनुहुन्छ, क्यामेराको धेरै प्रयोग गर्नुहुन्छ वा बारम्बार यात्रा गर्नुहुन्छ भने ६,००० एमएएच देखि ७,००० एमएएच ब्याट्री भएको स्मार्टफोन रोज्नु उपयुक्त हुन्छ। यस्ता फोनले बढी स्क्रिन-अन टाइम उपलब्ध गराउँछन् र पटक–पटक चार्ज गर्नुपर्ने आवश्यकता पनि कम हुन्छ।

हेभी गेमिङका लागि कुन फोन राम्रो?

यदि तपाईं धेरै समयसम्म हेभी गेमिङ गर्नुहुन्छ, लामो समय भिडियो सम्पादन गर्नुहुन्छ वा कन्टेन्ट क्रिएसनसँग सम्बन्धित काम गर्नुहुन्छ भने अहिले बजारमा उपलब्ध १०,००० एमएएच ब्याट्री भएका स्मार्टफोन राम्रो विकल्प बन्न सक्छन्। ठूलो ब्याट्री भएकाले यस्ता फोन एकपटक चार्ज गरेपछि दुईदेखि तीन दिनसम्म चल्न सक्छन्। तर यस्ता फोनको तौल र मोटाइ भने अन्य फोनको तुलनामा केही बढी हुन सक्छ।

अब ७,०००एमएएच देखि १०,०००एमएएच सम्मको ब्याट्री भएका केही उत्कृष्ट लेटेस्ट फाइभजी स्मार्टफोनहरूको सूची पनि हेरौँ।

७,००० एमएएच ब्याट्री भएका उत्कृष्ट लेटेस्ट फाइभजी स्मार्टफोन

  • मोटो जी७७ पावर फाइभजी
  • रेड्मी १५ फाइभजी
  • रियलमी नार्जो ९०एक्स फाइभजी
  • ओप्पो के१४ फाइभजी
  • रियलमी १५टी फाइभजी
  • मोटोरोला एज ७० फ्युजन
  • भिभो भी७० एफई फाइभजी
  • आइक्यूओओ १५ फाइभजी

८,००० एमएएच ब्याट्री भएका उत्कृष्ट लेटेस्ट फाइभजी स्मार्टफोन

  • वनप्लस नोर्ड सीई६ फाइभजी
  • रियलमी १६टी फाइभजी
  • टेक्नो पोभा कर्भ २ फाइभजी
  • वनप्लस एन६ फाइभजी
  • रियलमी पी४आर फाइभजी
  • अनर ५०० फाइभजी
  • टेक्नो पोभा ८ फाइभजी

९,००० एमएएच देखि १०,००० एमएएच ब्याट्री भएका उत्कृष्ट लेटेस्ट फाइभजी स्मार्टफोन

  • वनप्लस नोर्ड ६ फाइभजी
  • भिभो टी५ प्रो फाइभजी
  • रियलमी पी४ पावर फाइभजी

यद्यपि, एउटा कुरा सधैं ध्यानमा राख्नुपर्छ, केवल धेरै एमएएचभएको ब्याट्रीले मात्रै राम्रो ब्याट्री ब्याकअप दिन्छ भन्ने होइन। स्मार्टफोनको प्रोसेसर, डिस्प्ले प्रविधि, सफ्टवेयर अप्टिमाइजेसन र रिफ्रेस रेटले पनि ब्याट्रीको आयु र ब्याकअपमा ठूलो प्रभाव पार्छ।