कीवर्डहरू -

स्मार्टफोनमा एप कसरी लुकाउने ? यस्तो छ सजिलो तरिका

स्मार्टफोनमा एप कसरी लुकाउने ? यस्तो छ सजिलो तरिका

काठमाडौं । स्मार्टफोनमा बैंकिङ, सामाजिक सञ्जाल, फोटो तथा अन्य व्यक्तिगत विवरणसँग सम्बन्धित धेरै एप हुन्छन् । यस्ता एपमा पासवर्ड वा लक राखिएको भए पनि कसैले फोन अनलक गर्न सफल भयो भने ती एपभित्रका निजी जानकारीसम्म पुग्न सक्छ । त्यसैले संवेदनशील विवरण भएका एपलाई सुरक्षित राख्न तिनलाई फोनको स्क्रिनबाटै लुकाउन सकिन्छ ।

धेरै स्मार्टफोनमा एप अनइन्स्टल वा डिसेबल नगरी लुकाउने सुविधा उपलब्ध हुन्छ । यसबाट आफूले प्रयोग गरिरहने एपलाई अरूको नजरबाट टाढा राख्न सकिन्छ । एप लुकाएपछि आवश्यक पर्दा विशेष पासकोड प्रयोग गरेर पुनः खोल्न पनि सकिन्छ ।

यसरी लुकाउन सकिन्छ स्मार्टफोनका एप

आफ्नो फोनमा उपलब्ध एप लुकाउने सुविधा प्रयोग गर्न सबैभन्दा पहिले स्मार्टफोनको सेटिङ्समा जानुहोस् । त्यसपछि तल दिइएका प्रक्रिया अपनाउनुहोस्:
- फोनको Settings खोल्नुहोस् ।
- त्यहाँ रहेको Privacy विकल्पमा जानुहोस् ।
- Privacy Protection भित्र प्रवेश गर्नुहोस् ।
- अब Hide Apps विकल्प छनोट गर्नुहोस् ।
- त्यसपछि मागिएको प्राइभेसी पासवर्ड प्रविष्ट गर्नुहोस् ।
- स्क्रिनमा देखिने एपहरूको सूचीबाट लुकाउन चाहेको एप छनोट गर्नुहोस् ।
- सम्बन्धित एपको छेउमा रहेको टगल अन गर्नुहोस् ।

यी प्रक्रिया पूरा गरेपछि छनोट गरिएको एप फोनको सामान्य एप सूची तथा होम स्क्रिनबाट लुक्नेछ ।

पासकोडबाट लुकेको एप कसरी खोल्ने ?
लुकाइएको एप पुन: प्रयोग गर्नुपरेमा फोनको डायल प्याड खोल्नुपर्छ । त्यसपछि एप लुकाउँदा सेट गरिएको विशेष पासकोड प्रविष्ट गर्नुपर्छ । यस प्रक्रियामा पासकोडको सुरु र अन्त्यमा ह्यासट्याग (#) राख्नुपर्ने हुन्छ ।

उदाहरणका लागि, पासकोड १२३४५६ छ भने त्यसलाई #123456# का रूपमा प्रविष्ट गर्नुपर्छ । सही पासकोड राखेपछि लुकाइएको एप खुल्नेछ र प्रयोग गर्न सकिनेछ ।

नोटिफिकेसन पनि बन्द गर्न सकिन्छ
एप लुकाए पनि त्यसबाट आउने नोटिफिकेसनले अरूको ध्यान आकर्षित गर्न सक्छ । त्यसैले आफ्नो गोपनीयता थप सुरक्षित राख्न सम्बन्धित एपको नोटिफिकेसन पनि बन्द गर्न सकिन्छ । यसका लागि फोनको सेटिङ्समा गएर सम्बन्धित एप छनोट गरी नोटिफिकेसन बन्द गर्नुपर्छ ।