कीवर्डहरू -

डिजिटल पेमेन्ट

इसेवाले ल्यायो १ लाखको छात्रवृत्ति योजना, कसरी हुने सहभागी ?

भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले ‘शिक्षामा छात्रवृत्तिः एक लाख पुरस्कार’ ल्याएको छ। यस अभियानका माध्यमबाट एक भाग्यशाली विद्यार्थीले एक लाख रुपैयाँ छात्रवृत्ति पाउनेछन्।

शैक्षिक शुल्क भुक्तानीका लागि इसेवा प्लेटफर्म रोज्ने विद्यार्थीमध्ये एकजनाले यो अवसर पाउने छन्। डिजिटल सबलीकरण र शिक्षाको महत्त्व हेरेर ल्याइएको यो अभियान विद्यार्थी र अभिभावक दुवैलाई डिजिटल वित्तीय प्रविधिको एउटा नयाँ यात्रामा लान प्रेरित गर्ने उद्देश्यले डिजाइन गरिएको कम्पनीले जनाएको छ।

सहज, सरल र सुरक्षित वित्तीय कारोबारको प्रत्याभूति दिँदै विद्यार्थीलाई प्रोत्साहन गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध रहेको इसेवाले जनाएको छ।  यो छात्रवृत्ति योजनाले खालि एउटा वित्तीय योगदान मात्र नभई यसले युवा मस्तिष्कमा हौसला भर्ने विश्वास गरिएको छ। 

इसेवाबाट कसरी सजिलै तिर्ने शैक्षिक शुल्क ? 

यसरी गर्नुहोस् फर्मबेस्ड पेमेन्ट 
– सबैभन्दा पहिला प्ले स्टोर/एप स्टोरबाट इसेवा एप डाउनलोड गर्नुहोस्
– त्यसपछि एप/वेबका माध्यमबाट आफ्नो इसेवा खाता लगइन गर्नुहोस्
–अब “Education” ट्याबमा जानुहोस्
– आफ्नो संस्थाको नाम खोज्नुहोस्
– आवश्यक विवरण भर्नुहोस्
–Proceed बटन क्लिक गर्नुहोस् 
जेनरिक टोकन पेमेन्टका लागि 
– प्ले स्टोर/एप स्टोरबाट इसेवा एप डाउनलोड गर्नुहोस् 
– एप/वेबका माध्यमबाट आफ्नो इसेवा खाता लग इन गर्नुहोस्
–Education ट्याबमा जानुहोस् र आफ्नो संस्थाको नाम खोज्नुहोस्
–आफ्नो Student ID टाइप गर्नुहोस्
–त्यसपछि Proceed बटन क्लिक गर्नुहोस् 

यस्ता छन् इसेवा स्कलरसिप इनिसिएटिभका सर्त 

– यो छात्रवृत्ति त्यस्ता प्रयोगकर्ता र एजेन्टहरुका लागि मात्र हुनेछ, जो केवाईसी प्रमाणीकृत (भेरिफाइड) छन्।
– यो अफर मंसिर १९ देखि माघ २९ अर्थात् डिसेम्बर ५ देखि फेब्रुअरी १२ सम्म मात्र लागू हुनेछ।
–फर्मबेस्डका माध्यमबाट इसेवा प्रयोग गरी आफ्नो शैक्षिक शुल्क भुक्तानी गर्ने प्रयोगकर्ता यो छात्रवृत्तिका लागि योग्य हुनेछन्।
– छात्रवृत्ति रकमको भाग्यशाली विजेता मात्र एक जना हुनेछन्।
– क्यूआर कोडबाट भुक्तानी गर्ने ग्राहकलाई यो योजनामा सहभागी गरिने छैन। 
–छात्रवृत्ति रकम क्याम्पेन सकिएको १ हप्ताभित्र मेन ब्यालेन्सका रुपमा विजेताको इसेवा आईडीमा पठाइनेछ। 
– यो अफरमा सहभागितासँगै सम्बन्धित व्यक्तिले प्रवर्द्धन कार्यक्रम, विज्ञापन, बजारीकरण र प्रशासनिक कुराका लागि इसेवालाई मञ्जुरी तथा अनुमति दिएको ठहरिनेछ।
– जितिएको पुरस्कार रकम ट्रान्सफर गर्न सकिने छैन। 
– यो अफर नेपालको प्रचलित कानुनअन्तर्गत रहेको एउटा सानो प्रवर्द्धन कार्यक्रम हो र कुनै चिठा, बाजी वा जुवा खेलेजस्तो होइन।
– क्याम्पेन सकिएपछि विजेताको घोषणा गरिनेछ
–कारणवश शंकास्पद गतिविधि देखिएमा र आफ्नो नियन्त्रणबाहिर गएको अवस्थामा कार्यक्रमको पुनर्विचार गर्ने वा रद्द गर्ने अधिकार इसेवामा निहीत रहनेछि। 
–फेसबुक लाइभका माध्यमबाट छात्रवृत्ति विजेताको छनोट गरिनेछ। 
–विद्यालयको खाता नम्बरमा क्यूआर कोड र सिधै बै‌ंक ट्रान्सफरबाट हुने कारोबार यो योजनाका लागि योग्य हुने छैन। 
– विजेता घोषणाको १ हप्ताभित्र विजेताको इसेवा वालेटमा छात्रवृत्ति रकम डिपोजिट गरिनेछ। 

डिजिटल पेमेन्ट

इसेवा र नागरिक स्टक डिलरबीच सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानीको लागि सहकार्य

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा देखि नागरिक स्टक डिलर मार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी गर्न …

खल्तीबाट अब ब्रोकर पेमेन्ट र कोलेटरल लोड पनि गर्न सकिने

खल्तीले नेप्से सँगको सहकार्यमा टिएमएस अकाउन्टमा कोलेटरल लोडका साथै ब्रोकरको भुक्तानी गर्न मिल्ने  सुविधा उपलब्ध गराएको छ । …

क्युआरबाट ३२ अर्ब १ करोड ७० लाख रूपैयाँ कारोबार

क्युआरबाट ३२ अर्ब १ करोड ७० लाख रूपैयाँ डिजिटल भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८० कात्त…

घट्यो डिजिटल वालेटबाट हुने कारोबार

कात्तिक महिनामा डिजिटल वालेटबाट २० अर्ब २४ करोड ६० लाख रूपैयाँ कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक …

इसेवाको बैंक अकाउन्ट लिंकबाट भुक्तानी गर्दा धादिङका थापाले पाए ३५० सीसीको मोटरसाइकल

इसेवाको बैंक लिंक एकाउन्ट मार्फत भुक्तानी गर्दा बम्पर उपहारमा धादिङका निरज थापा मगरले ३५० सी सी को मोटरसाइकल जित्न सफल भएका छ…

द भ्वाइस अफ  नेपाल - सिजन फाइभको भोटिङ पार्टनरमा ‘खल्ती’

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले "द भ्वाइस नेपालसँग भोटिङ र टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको छ । यस स…

नमस्ते पेलाई ‘मोस्ट इनोभेटिभ डिजिटल वालेट डिप्लोयमेन्ट’ अवार्ड

डिजिटल वालेट नमस्ते पेलाई आइबीएस इन्टेलिजेन्स ग्लोबल फिनटेक इनोभेसन अवार्ड २०२३ को चौथो संस्करणमा ‘मोस्ट इनोभेटिभ डिजिटल…

ईसेवा मनि ट्रान्स्फर मार्फत मनिग्रामको नगद रेमिट्यान्स सुचारु

विश्वका दुईसय भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै आएको डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फर र विश्वको अग्रणी…

एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि तुरुन्त रु २०० क्यासब्याक अफर

एनएमबि बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि तुरुन्त रु २०० क्यासब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ …

फोनपेको उपलब्धि: एकैदिन १० अर्ब रूपैयाँ भन्दा बढी कारोबारको सेटलमेन्ट

फोनपेले एकै दिनमा १० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी कारोबारको सफलतापूर्वक सेटलमेन्ट गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यो उल्…

नेपालपे क्यूआरबाट मासिक १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार

 नेपालपे क्यूआर सार्वजनिक भएको ६ महिना यता पहिलो पटक असोज महिनामा नेपालपे क्यूआरको प्रति महिना कारोबार १ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । 

फोनपेबाट एक दिनमै १० अर्ब बढीको कारोबार

फोनपेबाट एक दिनमै १० अर्ब बढीको कारोबार भएको छ । मंगलबार फोनपेबाट एक दिनमै १० अर्ब बढीको कारोबार भएको हो । 

अक्टोबर १७ मा फोनपेले नयाँ…

सन सेक्युरिटिजबाट हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाटै गर्न सकिने

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा देखि सन सेक्युरिटिज प्राइभेट लिमिटेड मार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ …

फोनपेको करिब ३ वर्षको मिहिनेतपछि भारतसँग सुरू हुँदै क्रस बोर्डर भुक्तानी, कसरी भयो सम्भव ?

केही दिन अगाडि भारतमा भएको ग्लोबल फिनटेक फेष्ट २०२३ मा नेपालको फोनपे र भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनपीसी…

‘आइएमई गरौँ, करोडपति बनौँ ’ योजना सार्वजनिक

रेमिटेन्स सेवा प्रदायक कम्पनी आईएमईले विदेशमा कमाएको रकम ‌औपचारिक माध्यम-रेमिटेन्स…