कीवर्डहरू -

डिजिटल पेमेन्ट

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सुरू, पल्सर बाईकदेखि आईफोन १५ सम्म जित्ने अवसर

नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को तेस्रो संस्करण सुरू भएको छ । 

तेस्रो संस्करण पहिलेको तुलनामा अझै परिस्कृत र अझै ठुलो, अझै धेरै अफर र उपहारका साथ ल्याएको खल्तीले जनाएको छ । 

यो अफर अन्तर्गत ५ जनाले पल्सर एनएस २०० एफआई एबीएसबाइक जित्न सक्ने छन् भने अन्य विजेताले आईफोन १५, अनर एक्स सेभेन बीस्मार्टफोन, वासिन्ङ मसिन, स्मार्ट टिभी, स्मार्टफोन, माउटेन फ्लाइट देखि ऐयर बडहरू जस्ता सयौँ उपहारहरू जित्न सक्नेछन् । 

यसका साथ हरेक खल्ती प्रयोगकर्ताहरूले आफ्नै प्रोमोकोड बनाई आफ्नो सञ्जालमा सेयर गर्न सक्नेछन् भने पहिले जस्तै हरेक दिन खुत्रुके र हरेक भुक्तानीमा स्क्र्याच कार्ड मार्फत उपहारहरू जित्ने मौका पाउनेछन् ।

जेठ १ गतेदेखि असार ३१ गतेसम्म सञ्चालन हुने २ महिनाको यस जात्रा अवधि ४ वटा राउन्डमा विभाजन गरिएको छ ।  प्रत्येक राउन्डमा खल्तीबाट कुनै पनि २ भुक्तानी पूरा गर्ने प्रयोगकर्ताहरू पल\सर एनएस २०० एफआई एबीएसको लागि ‘लक्की ड्र’मा सहभागी हुन योग्य हुनेछन्। 

हरेक राउन्डको अन्त्यमा एक भाग्यशाली विजेता घोषणा हुनेछ । चार वटै राउन्डहरूमा सहभागी हुने प्रयोगकर्ताहरूले बोनस राउन्डको पल्सर एनएस २०० एफआई एबीएसका लागी स्वतः सहभागी हुनेछन् र जित्न सक्नेछन्। तसर्थ, कुल मिलाएर प्रयोगकर्ताहरूका लागि पल्सर एनएस २०० एफआई एबीएसजित्ने ५ वटा मौकाहरू रहेका छन्। 

बोनस राउन्डमा पुग्ने प्रयोगकर्तामा १ जनाले पल्सर एनएस २०० एफआई एबीएस, १ जनाले गेमिङ ल्यापट, १ जनाले अनर एक्स सेभेन बी स्मार्टफोन जित्नेछन्। 

यस वर्षको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ मा खल्तीले ‘सेयर अ कोड’ नामक एक रमाइलो विशेष फिचर ल्याएको छ । खल्ती एप भित्र जात्रा पेजमा गएर प्रयोगकर्ताहरूले ‘Create’ ट्याप गरी आफूले चाहेको अक्षर र अंक राखेर आफ्नै प्रोमोकोड भएको कुपन बनाउन सक्नेछन् । सो कुपन सेयर गरी प्रयोगकर्ताहरू स्वयम् खल्ती इन्फ्लुन्सर बन्न सक्नेछन् ।

साथीभाइले प्रोमोकोड प्रयोग गरेर अफर र क्यासब्याकको लाभ लिन सक्नेछन् भने सेयर गर्नेलाई हरेक प्रयोगमा 10 खल्ती पोइन्ट्स प्राप्त हुनेछ साथमा हरेक हप्ता अनर एक्स सेभेन बीस्मार्टफोन जित्ने मौका मिल्नेछ । हरेक हप्तामा १ वटा प्रोमोकोड बनाएर सेयर गर्न मिल्नेछ भने  सो प्रोमोकोड ५ जनाले मात्र प्रयोग गर्न मिल्नेछ। अनर एक्स सेभेन बीस्मार्टफोन को ‘लक्की ड्र’ मा सहभागी हुन सो हप्ता ५ पटक नै प्रोमोकोड प्रयोग हुनु पर्नेछ ।

प्रयोगकर्ताहरूले खल्ती भित्रको जात्रा पेजमा गएर दैनिक रूपमा 'खुत्रुके' फुटाउन सक्नेछन् जसमा एक विशेष नम्बर प्राप्त हुनेछ। हरेक दिन ‘लक्की ड्र’ मार्फत एक भाग्यशाली नम्बरले वासिन्ङ मसिन, स्मार्ट टिभी, स्मार्टफोन, माउटेन फ्लाइट देखि ऐयर बडहरू जस्ता थप्रै उपहारहरू जित्न सक्नेछन् । खुत्रुके हरेक दिन Refresh हुनेछ: हरेक दिन नयाँ खुत्रुके र नयाँ खुत्रुकेमा नयाँ उपहार जित्ने मौका रहनेछ। 

जात्राको अर्को विशेषता डिजिटल स्क्र्याच कार्डलाई खल्तीले यस वर्ष पनि निरन्त्रता दिएको छ। खल्ती प्रयोगकर्ताहरूले रु. १०० भन्दा माथिको हरेक भुक्तानीमा डिजिटल स्क्र्याच कार्ड मार्फत विभिन्न किसिमका अफर र क्यासब्याकहरू प्राप्त गर्न सक्नेछन्।

यस बाहेक योजना  अवधिभर खल्तीबाट वर्ल्डलिंकको बिल भुक्तानी गर्दा एक जनाले ‘लक्की ड्र’ मार्फत आईफोन १५ विशेष उपहार जित्नेछन् । त्यसै गरी जात्रामा करिडौँ बराबरको अझै थुप्रै अफर र उपहारहरू उपलब्ध रहेका छन्।

यस जात्रा अफरका बारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यसपटक पनि अझै परिस्कृत र विशाल रूपमा प्रयोगकर्ता माझ पेमेन्ट जात्रा ल्याएको बताए ।

प्रयोगकर्ताहरूको सहज र सरल अनुभवका लागि खल्तीले आफ्नो एप भित्र जात्रा पेज निर्माण गरेको छ, जहाँ प्रयोगकर्ताहरूले आफ्नो भुक्तानी यात्रा हेर्न र ट्रयाक गर्न सक्नेछन् । 

एपमा रहेको यो भागले प्रयोगकर्ताको भुक्तानीको चरण र प्रत्येक राउन्डको प्रगति देखाउँछ। खुत्रुके फुटाउने र आफ्नै कोड बनाउने फिचर पनि जात्रा पेजमा उपलब्ध छ। यस जात्रा अफरमा सम्पूर्ण केवाईसी प्रमाणीकरण भएका खल्ती प्रयोगकर्ता सहभागी हुन सक्नेछन्।

केवाईसी प्रमाणीकरण नभएका प्रयोगकर्ताहरूले पनि केही मिनेटमै केवाईसी प्रमाणीकरण गराएर अफरमा सहभागी हुन सक्नेछन्। 


 

डिजिटल पेमेन्ट

इन्ड्राइभको डिजिटल भुक्तानी साझेदारमा आईएमई पे

राइड शेयरिङ प्लेटफर्म इन्ड्राइभको डिजिटल भुक्तानी साझेदारमा आईएमई पे हुने भएको छ । यसका लागि सोमबार इन्ड्राइभ नेपालकी निर्देशक …

क्युआरमा आधारित जियो पे, रिपिट क्युआर पेमेन्ट र स्पेन्डिङ एनालाइसिस फिचर ल्याउँदै मोरू

मोरू डिजिटल वालेटले क्युआरमा आधारित जियो पे, रिपिट क्युआर पेमेन्ट र स्पेन्डिङ एनालाइसिस फिचर ल्याउने घोषणा गरेको छ । 

एउटा वालेटबाट अर्को वालेटमा पैसा ट्रान्सफर गर्न सकिने सुविधा ल्याउँदै फोनपे

अब फोनपेले एउटा वालेटबाट अर्को वालेटमा पैसा ट्रान्सफर गर्ने फिचर ल्याउने भएको छ । आउने महिनाभित्रै इन्टर वालेट ट्रान्सफर सुविधा …

अब मोरू डिजिटल वालेटका प्रयोगकर्ताले फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने

अब मोरू डिजिटल वालेटका प्रयोगकर्ताले फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने भएका छन् । यससँगै अब मोरू डिजि…

भारतको फोनपेद्वारा नेपालमा यूपीआईमार्फत संचालित सेवाहरूको प्रदर्शनी

फोनपे भारतले आज काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा युनिफाइड पेमेन्ट इन्टरफेस (युपिआई) प्लेटफर्मद्वारा संचालित आफ्ना सेवाहरू…

कनेक्ट आईपीएसबाट स्कुलको शुल्क भुक्तानी गर्दा छात्रवृत्तिको अवसर

कनेक्ट आईपीएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने सुनौलो अवसर ल्याएको छ । अफर अन्तर्गत २० जना भाग्यशाली विद्यार्थीहर…

फोनपेले सुरू गर्‍यो भर्चुअल क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग एपबाटै लिन सकिने

फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको छ । डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल अन्…

खल्तीले ल्यायो सुरक्षा प्लस योजना, ७६० रूपैयाँमै ५ लाख ३० हजारसम्मको बीमा सुविधा

नेपालको अग्रणी डिजिटल वालेट खल्तीले आफ्ना प्रयोगकर्ताहरूको स्वास्थ्य सुरक्षा ध्यानमा राखि मेट लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्…

यूनियन पेसँगको सहकार्यमा खल्तीको क्यासब्याक मेला, हरेक क्युआर भुक्तानीमा १० प्रतिशत क्यासब्याक

खल्तीले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना प्रयोगकर्ताहरूका लागि ‘क्यासब्याक मेला’ अफर उपलब्ध गराएको छ ।

इसेवा र होटल संघ नेपालसँग फोनपे भारतको साझेदारी, यूपीआईको प्रयोग बढाउने उद्देश्य

नेपालको फोनपे नेटवर्कमा यूपीआईको प्रयोग बढाउने उद्देश्यले नेपाली नयाँ वर्षको उपलक्ष्यमा अप्रिल ११ देखि अप्रिल १४ सम्म हुन गइरहेको…

कनेक्ट आईपीएसमार्फत अब नेपाली बैंक खातामा अमेरिकाबाट रियल टाइममै पैसा पाउन सकिने

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अमेरिकाको जुनो र ठमेल रेमिटमार्फत् ‘क्रस बोर्डर रिक्वेस्ट टु पे’ सेवा सुरु गरेको छ …

आइएमई पेको नयाँ वर्ष अफर, प्रयोगकर्ताहरूलाई दर्जन बढी सुविधा

डिजिटल वालेट आइएमई पेले  नयाँ वर्ष  २०८१ का अवसरमा प्रयोगकर्ताहरूलाई दर्जन भन्दा बढी नयाँ सुविधाहरू दिने भएको…

आइएमई पेबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा शत प्रतिशत क्यासब्याक जित्ने मौका

डिजिटल वालेट आइएमई पे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरुलाई लक्षित गरी जेट सेट रिवार्ड नामक अफर ल्याएको छ ।<…

ग्लोबल मनी विकमा नमस्ते पेद्वारा विभिन्न कार्यक्रम आयोजना

डिजिटल वालेट नमस्ते पेले ग्लोबल मनी विक २०२४ को अवरसमा अवसरमा १८ मार्च २०२४ देखि २४ मार्च २०२४ सम्म युवाहरूलाई शिक्षित, सचेत …

नेपाल र कोरियाबीच क्रस-बोर्डर क्यूआर भुक्तानी सेवा प्रदान गर्न जीएलएनसँग फोनपेको समझदारी

नेपाल र कोरियाबीचको क्रस-बोर्डर क्यूआर भुक्तानी सेवा प्रदान गर्न नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक फोनपे र कोरियाको विश्वव्या…