कीवर्डहरू -

नेपाल र कोरियाबीच क्रस-बोर्डर क्यूआर भुक्तानी सेवा प्रदान गर्न जीएलएनसँग फोनपेको समझदारी

नेपाल र कोरियाबीच क्रस-बोर्डर क्यूआर भुक्तानी सेवा प्रदान गर्न जीएलएनसँग फोनपेको समझदारी

नेपाल र कोरियाबीचको क्रस-बोर्डर क्यूआर भुक्तानी सेवा प्रदान गर्न नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक फोनपे र कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क प्रदान गर्ने कम्पनी जीएलएन इन्टरनेसनलबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

नेपाल र कोरिया बीच क्रस-बोर्डर क्युआर कोड भुक्तानी प्रदान गर्न आवश्यक नियामक, प्राविधिक र व्यावसायिक सम्भाभ्यतामा काम गर्न दुबै कम्पनीबीच सहकार्य भएको हो । 
फोनपे र जीएलएनको यो सहकार्यबाट कोरियाबाट नेपाल आउने पर्यटकहरुले नेपालमा क्युआर भुक्तानी गर्न सक्ने छन । कोरियाबाट नेपाल आउने जीएलएन प्रयोगकर्ताहरूले Hana 1Q, KB Wallet, iMbank, Toss, Hana Money र GLN App जस्ता बैंकिङ एप्स मार्फत फोनपेको तेह्र लाख स्टोरहरूमा रियलटाइम क्युआर भुक्तानी सेवाहरू प्रयोग गर्न सक्नेछन् । 

जीएलएनका सीईओ किङ्हो किमले विश्वभरी क्रस-बोर्डर भुक्तानी सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरुप फोनपेसँग सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताए । 

‘यो सहकार्यले हाम्रो नयाँ क्षेत्रमा विस्तार गर्ने प्रतिबद्धतामा थप आयाम थपेको छ,’ उनले भने, ‘यसले परस्पर सीमाहरूबीच इन्नोभेटिभ पेमेन्ट सोलुसन प्रदान गर्ने हाम्रो मिशनलाई पनि सार्थक तुल्याएको छ ।’

यस्तै फोनपेका सीईओ दिवस सापकोटाले जीएलएनसँग सहकार्य गरेर फोनपको सेवा कोरियाली पर्यटकहरुमा विस्तार गर्न उत्साहित भएको बताए । 

यस सहकार्यले नयाँ अवसरहरू खोल्न प्राविधिक सहयोग गर्नुका साथै नेपालको डिजिटल अर्थतन्त्रमा सहयोग पुर्‍याउने उनको भनाइ छ ।