कीवर्डहरू -

खल्तीबाट अब ब्रोकर पेमेन्ट र कोलेटरल लोड पनि गर्न सकिने

खल्तीबाट अब ब्रोकर पेमेन्ट र कोलेटरल लोड पनि गर्न सकिने

खल्तीले नेप्से सँगको सहकार्यमा टिएमएस अकाउन्टमा कोलेटरल लोडका साथै ब्रोकरको भुक्तानी गर्न मिल्ने  सुविधा उपलब्ध गराएको छ ।  

बजारलाई केन्द्रित गरेर विभिन्न सेवा जस्तै मेरो शेयर, डिम्याट, एसआईपीको भुक्तानी सुविधा उपलब्ध गराउँदै आइरहेको छ । यसै अनुरूप कोलेटरल लोड र ब्रोकर भुक्तानी सुविधा पनि उपलब्ध गराएको हो । 

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले पुँजी बजारमा सक्रिय सहभागिताको प्रवर्धन गर्ने उद्देश्यको यो सेवाबाट साना तथा मझौला शेर लगानीकर्ता लाभान्वित हुने बताए ।

साना तथा मझौला लगानीकर्ताहरूलाई लक्षित गर्दै उपलब्ध गराइएको यस सुविधामार्फत शेयर बजारमा लगानी गर्न इच्छुक लगानीकर्ताले हाललाई ३५ बढी ब्रोकर अकाउन्टमा कोलेटरल टिएमएस मार्फत खल्ती प्रयोग गरि कोलेटरल लोड गर्न सक्नेछन् र छिट्टै नै अन्य ब्रोकरहरूलाई पनि यस सेवामा समावेश गरिने खल्तीले जनाएको छ । 

खल्तीबाट यसरी गर्नुहोस् टिएमएस ब्रोकर अकाउन्टको कोलेटरल लोड 

  • आफ्नो ब्रोकरको टिएमएस पोर्टलमा जानुहोस् ।
  • फन्ड मेनेजमेन्टमा जानुहोस् ।
  • लोड कोलेटरल छनोट गर्नुहोस् ।
  • बैंक अप्सनमा ‘खल्ती’ र पेमेन्ट मेथडमा ‘वेब’ छनोट गर्नुहोस् ।  
  • रकम र रिमार्क्स दाखिला गरि सब्मिट गर्नुहोस् ।
  • पुनः खल्ती जानकारी दाखिला गरि  सब्मिट गर्नुहोस् ।

ब्रोकरको भुक्तानी गर्ने तरिका

  • आफ्नो ब्रोकरको टिएमएस पोर्टलमा जानुहोस् ।
  • फन्ड मेनेजमेन्टमा जानुहोस् ।
  • फन्ड सेटलमेन्टको बाई इन्फर्मेसनमा जानुहोस्  ।
  • पेमेन्ट ड्यु छनोट गर्नुहोस् ।
  • खल्ती छनोट गरि भुक्तानी गर्नुहोस् ।