कीवर्डहरू -

एनसीएचएलले नेप्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित, एकीकृत संस्थाको पुँजी १ अर्ब ६ करोड ५८ लाख हुने

एनसीएचएलले नेप्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित, एकीकृत संस्थाको पुँजी १ अर्ब ६ करोड ५८ लाख हुने

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले बिहीबार आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको गरेको छ ।

विशेष साधारण सभाबाट एनसीएचएलले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स) लाई प्राप्ति गर्ने प्रस्ताव पारित भएको छ । 

नेप्सको १०० शेयर बराबर एनसीएचएलको २८ शेयर हुने गरी १:०.२८ स्वाप अनुपातमा एनसीएचएलले नेप्सलाई प्राप्त गर्नेछ ।

गत चैत २२ गते  एनसीएचएल र नेप्सबीच प्राप्ति सम्बन्धी सम्झौता भएको थियो । प्राप्ति पश्चात एकिकृत संस्थाको चुक्ता पुँजी १ अर्ब ६ करोड ५८ लाख हुनेछ ।हाल एनसीएचएल र नेप्सको चुक्ता पुँजी क्रमश १ अर्ब ६६ लाख र २१ करोड १२ लाख रहेको छ ।  

अब नेपाल राष्ट्र बैंकको विद्ययमान भुक्तानी तथा फछ्र्यौट विनियम बमोजिम अपनाउनुपर्ने सम्पूर्ण प्रक्रियाहरु पूरा गरी नेपाल राष्ट्र बैंक समक्ष नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेडले संयुक्त रुपमा अन्तिम स्वीकृती प्राप्त गरी कम्पनी रजिष्ट्रार कार्यालय र प्रचलित कानूनबमोजिम अपनाउनुपर्ने सम्पूर्ण प्रक्रियाहरु पुरा गरी एकिकृत कार्य प्रारम्भ गर्ने छन् ।

विशेष साधारण सभामा एनसीएचएलका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु, शेयरधनी प्रतिनिधिहरु र व्यवस्थापनतर्फका कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।