कीवर्डहरू -

इभेन्ट

डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२३ सत्यवति माध्यमिक विद्यालयलाई प्रदान

डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२३ सत्यवति माध्यमिक विद्यालयलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभको ग्राण्ड फिनाले कार्यक्रममा तनहुँको सत्यवति मावीलाई सो अवार्ड दिइएको हो । 

सूचना प्रविधिको प्रयोगमार्फत शिक्षण सिकाई र अध्यापन राम्रो बनाएका सरकारी तथा सार्वजनिक क्षेत्रका स्कुललाई यो अवार्ड प्रदान गरिन्छ । यस वर्ष प्रविधिको प्रयोग गरी उत्कृष्ट शिक्षण सिकाइ प्रक्रियामा अग्रसर सत्यवति माध्यमिक विद्यालयलाई डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२३ प्रदान गरिएको हो । 

तनहुँको दमौलीमा रहेको सार्वजनिक शैक्षिक संस्था हो, सत्यवति माध्यमिक विद्यालय । वि.सं. २०२३ सालमा स्थापना भएको विद्यालयले आईसीटीमा आधारित शिक्षामा जोड दिएको छ । २५ सय बढी विद्यार्थीहरूले अध्ययन गरिरहेको सत्यवति माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब, स्मार्ट क्लासरूम, स्पेसिलाइज्ड ल्याब, ई-लाईब्रेरी, ई-बुक, ई-जर्नल, भिडियो कन्फेरेन्सिङ जस्ता सुविधाहरू छन् । 

प्रयाक्टिकल आईसीटी सीप विकासमा जोड दिएको विद्यालयमा ४५ वटा कम्प्युटर, १० वटा ल्यापटप, २५ वटा इन्टर्याकटिभ ह्वाइटबोर्ड, ७ वटा प्रोजेक्टर, ५ वटा टिभी स्क्रिन, १०२ वटा सीसीटिभी र एउटा इलेक्ट्रोनिक ल्याब समेत छन् । 

सूचना प्रविधिको बढ्दो विकास र विस्तारसँगै विद्यालयले आईसीटी पूर्वाधारमा लगानी गर्दै डिजिटल शिक्षामा जोड दिइरहेको छ । 


 

इभेन्ट

इन्जिनियर लोचनलाल अमात्यले प्राप्त गरे प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड २०२३

प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड २०२३ इन्जिनियर लोचनलाल अमात्यले प्राप्त गरेका छन् । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अप…

आन्टरप्रेनर आइसिटी अवार्ड २०२३ अनुप शेरचनलाई प्रदान

आन्टरप्रेनर आइसिटी अवार्ड २०२३ अनुप शेरचनलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २…

प्रा. डा. सुरेश मानन्धरले पाए नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३

नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३ प्रा. डा. सुरेश मानन्धरलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्र…

सुनैना घिमिरे पाण्डेलाई एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३ प्रदान

वुमन आइकन आइसिटी अवार्ड २०२३ सुनैना घिमिरे पाण्डेलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिट…

आज अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभको ग्राण्ड फिनाले हुँदै

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२३’ को ग्राण्ड फिनाले कार्यक्रम …

आईटी क्षेत्रमा योगदान पुर्‍याउने महिलालाई वुमन आइकन आइसिटी अवार्ड दिदै एनसेल

एनसेलले नेपालको सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रमा महत्वपूर्ण योगदान पुर्या‍उने महिलालाई ‘एनसेल वुमन आइकन आ…

शुक्रबार अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभको ग्राण्ड फिनाले

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२३’ को ग्राण्ड फिनाले कार्यक्रम …

आईतबार हल्ट प्राइज एट पुल्चोक क्याम्पसको अभिमुखीकरण कार्यक्रम हुँदै

द हल्ट प्राइज एट आईओई पुल्चोक क्याम्पसले अभिमुखीकरण (अरियेन्टेसन) कार्यक्रम आयोजना गर्ने भएको । अभिमुखीकरण क…

टेक्नोरियन नेपाल सम्पन्न, शीर्ष टोली आईआईटी बम्बेमा हुने टेकफेस्टको ग्रान्ड फिनालेमा जाने

टेकफेस्ट एट आइआइटी बम्बेले नेपालका लागि लक्षित टेकफेस्ट सफलतापूर्वक सम्पन्न गरेको छ । टेक्नोरियन नेपाल २०२३ नाम गरेको यो टेकफेस्…

प्रेसिडेन्सियल आइटी कन्क्लेभ हुँदै

प्रेसिडेन्सियल बिजनेश स्कुलले न्यास आइटीसँगको सहकार्यमा प्रेसिडेन्सियल आइटी कन्क्लेभ २०२३ आयोजना गर्दैछ । शुक्रबार दिउँसो एक बजेबा…

नेपालको डिजिटल र आर्थिक रूपान्तरणमा फाइभजी प्रविधिको भूमिकाबारे सरोकारवालाबीच छलफल

नेपालको डिजिटल र आर्थिक रूपान्तरणमा फाइभजी प्रविधिको भूमिकाबारे सरोकारवालाबीच छलफल भएको छ । कम्प्युटर एसोसिएन नेपाल महासंघ (…

आइसिटी अवार्ड २०२३ को ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस

आइसिटी अवार्ड २०२३ को ट्रेनिङ पार्टरनमा ब्रोडवे इन्फोसिस हुने भएको छ । त्यसका लागि आइसिटी अवार्ड र ब्रोडवेबीच सम्झौता भएको हो । 

सूचना प्रविध…

डब्लुएसए योङ इन्नोभेटर्स अवार्डको आवेदन खुला, यसरी दिनुहोस् आवेदन

वर्ल्ड समिट अवार्ड (डब्लुएसए) योङ इनोभेटर्स अवार्डका लागि आवेदन खुला गरिएको छ । योङ इनोभेटर्स अवार्डमा कुनै…

साइबर सुरक्षा सरकारको प्राथमिकतामा छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षा सरकारको प्राथमिकता रहेको बताएकी छन् । राप्ती इन्जिनियरिङ कलेज, प्यूठान टेक्निकल कलेज र सिलिकन रिसर्च…

एमबिएम आइडिया एक्स २०२३ ह्याकाथन सम्पन्न, पहिलो भयो पुल्चोक क्याम्पसको टिम जेनन

मदन भण्डारी मेमोरियल कलेजले सफलतापूर्वक एमबिएम आइडिया एक्स २०२३ ह्याकाथन सम्पन्न गर…