कीवर्डहरू -

इभेन्ट

गल्ली म्याप्सले जित्यो एनवाईईएफ स्टार्टअप अवार्ड्स

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले आयोजना गरेको एनवाईईएफ स्टार्टअप अवार्ड्समा नेपालको आफ्नै म्यापिङ एप गल्ली म्याप्स विजेता बन्न सफल भएको छ । 

शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको एनवाईईएफ स्टार्टअप अवार्ड्सको फिनाले कार्यक्रममा गल्ली म्याप्स विजेता बन्न सफल भएको हो । 

यस्तै पेटमामा र क्विकफक्स कन्सल्टिङ उपविजेता भएका छन् भने सोसल इन्टरप्राइज अवार्ड, दूरशिक्षा र अडियन्स स्पीक अवार्ड, पेट मामाले जित्न सफल भएका छन् । 

शुक्रबार भएको तेस्रो संस्करणको एनवाईईएफ स्टार्टअप अवार्ड्समा ट्रफीसहित विजेताले ४ लाख, उपविजेताले २ लाख, सोसियल इन्टरप्राइज र अडियन्स स्पीक अवार्ड विजेताले ५० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

अवार्डको ग्राण्ड फिनालेमा प्रमुख अतिथिको रूपमा नेपाल सरकारमा मुख्यसचिव डा. वैकुण्ठ अर्याल र विशिष्ट अतिथिको रूपमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको उपस्थिति थियो । कार्यक्रममा लगानीकर्ता तथा विभिन्न क्षेत्रका युवा उद्यमीहरूको सहभागीता रहेको थियो । 

विगत २ वर्षदेखि एनवाईईएफ काठमाडौंले आयोजना गर्दै आएको स्टार्टअप अवार्ड्समा यस वर्षदेखि एनवाईईएफका सबै च्याप्टर तथा गभर्निङ काउन्सिलको समेत सहकार्य रहेको थियो ।

यस वर्षको स्टार्टअप अवार्ड्समा देशभरबाट १५० आवेदन प्राप्त भएका थियो । प्राप्त आवेदन मध्येबाट उत्कृष्ट २० हुँदै उत्कृष्ट ७ स्टार्टअपसम्म छनौट गरिएको थियो । उत्कृष्ट ७ स्टार्टअपमा गल्ली म्याप्स, पेट मामा, ब्ल्यांकसर, बीबाबो, दूरशिक्षा, क्विकफक्स कन्सल्टिङ र भूमिथान रहेका थिए । 

उत्कृष्ट ७ स्टार्टअपले शुक्रबार नै आफ्नो आइडिया पिच गरेका थिए । सो पिचङका आधारमा ३ स्टार्टअपलाई अवार्ड्स प्रदान गरिएको हो । यसअघि स्टार्टअप अवार्ड्सले उत्कृष्ट २० स्टार्टअपलाई ६ वटा एक्सपर्ट सेसन सञ्चालन गरेको थियो । त्यसपछि उत्कृष्ट २० स्टार्टअपले गरेको पिचिङका आधारमा उत्कृष्ट ७ स्टार्टअप छनौट भएका थिए । 

इभेन्ट

चितवनमा एनपीनोगको पाँच दिने सूचना प्रविधि कार्यशाला हुँदै, यसरी हुनुहोस् सहभागी

आगामी माघ १४ देखि १८ गतेसम्म चितवनमा सूचना प्रविधि कार्यशाला 'एनपीनोग नाइन' हुने भएको छ । इन्टरनेट एक्सचेन्ज नेपाल (ए…

आईतबार मिनी एडटेक एआई कन्फेरेन्स हुँदै

आईतबार मिनी एडटेक एआई कन्फेरेन्स आयोजना हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, रोबोटिक्स एशोशिएसन नेपाल…

पुस २३ र २४ गते प्राइम कलेजमा आईसीटी मिटअप हुँदै, यस्ता छन् आकर्षण

आगामी पुस २३ र २४ गते प्राइम आईटी क्लबले प्राइम कलेजमा आईसीटी मिट…

बुटवल मल्टिपल क्याम्प्समा ५ दिने ग्राफिक डिजाइनिङ सम्बन्धि वर्कशप हुँदै, यसरी हुनुहोस् सहभागी

बुटवल मल्टिपल क्याम्प्समा ५ दिने ग्राफिक डिजाइनिङ सम्बन्धि वर्कशप सञ्चालन हुने भएको छ । सीएसआईटी एशोशिएसन नेपाल बुटवल मल्टिपल क्या…

सामाजिक उद्यमशीलताको महत्त्वको विषयमा हल्ट प्राइज एट पुलचोक क्याम्पसले गर्‍यो प्यानल छलफल

हल्ट प्राइज एट पुलचोक क्याम्पसले सामाजिक उद्यमशीलताको महत्त्वको विषयमा प्यानल छलफल गरेको छ ।

भिरिञ्ची कलेजमा सुरू भयो ३ दिने आईसीटी मेला, यस्ता छन् विद्यार्थीले बनाएका आईटी प्रोजेक्ट

भिरिञ्ची कलेजमा बिहीबारदेखि ३ दिने आईसीटी मेला ४.० सुरू भएको छ । पुस १२ गतेदेखि सुरू भएको मेला पुस १४ गते शनिबारसम्म सञ्चा…

भोलिदेखि भिरिञ्ची कलेजमा आईसीटी मेला, मानवीय रोबोटदेखि आईओटीसम्मका प्रोजेक्ट प्रदर्शनीमा

भिरिञ्ची कलेजले पुस १२ गतेदेखि १४ गतेसम्म आईसीटी मेला ४.० आयोजना गर्न…

१ हजार बढीको सहभागीतामा वर्डक्याम्प नेपालको छैठौँ संस्करण पोखरामा हुँदै

वर्डक्याम्प नेपालको छैठौँ संस्करण आगामी जनवरी १२ र १३ (पुस २७ र २८ गते) मा पोखराको विरौटास्थित होटल पोखरा ग्रान्डमा आयोजना हुन…

वित्तीय सुपर एप मनिमित्रले पायो हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३

हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३ वित्तीय सुपर एप मनिमित्रले प्राप्त गर्न सफल भएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजन…

यार्सा टेकलाई इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२३ प्रदान

इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२३ यार्सा टेकलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्…

क्विक आरपीएलाई प्रडक्ट आइसिटी अवार्ड २०२३ प्रदान

क्विक आरपीएले प्रडक्ट आइसिटी अवार्ड २०२३ पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशि…

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ ब्ल्यांकसरलाई प्रदान

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ ब्ल्यांकसरलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिट…

भुटानको पहिलो ओटीटी प्लेटफर्म समूहले प्राप्त गर्यो साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२३


भुटानको स्टार्टअप कम्पनी समूह मिडियाटेकले साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२३ पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंम…

नेप्सेले पायो डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०२३

डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०२३ नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) लाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोज…

डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ बाट तिलगंगा आँखा प्रतिष्ठान सम्मानित

डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ बाट तिलगंगा आँखा प्रतिष्ठान सम्मानित भएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्र…