कीवर्डहरू -

अपडेट

प्रसिद्ध भौतिकशास्त्री स्टीफन हकिङको ७६ वर्षको उमेरमा निधन

प्रख्यात भौतिकशास्त्री स्टीफन हकिङको निधन भएको छ । लामो समयदेखि शरीरको थुप्रै भाग नचल्ने रोगबाट पीडित हकिङको ७६ वर्षको उमेरमा निधन भएको हो ।

विश्वकै चर्चित वैज्ञानिक र प्राध्यापक हकिङलाई न्युटनपछिका ठूलो वैज्ञानिकको रुपमा संसारभर सम्मान गरिन्छ । शारीरिक रुपले अशक्त भए पनि विज्ञानको पुरै युग हाँकेका हकिङ ब्ल्याक होल र सापेक्षतावादमा अभूतपूर्व कामका लागि प्रसिद्धि कमाएका छन् ।

उनी २१ वर्षकै उमेरमा दुर्लभ रोग मोटर न्युरोनबाट पीडित थिए । डाक्टरले २ वर्षमात्रै बाँच्छ भनेका हकिङको ५५ वर्षपछि आफ्नै क्याम्ब्रिज निवासमा शान्तिपूर्वक निधन भयो । यो अवधिमा उनले विवाह गरे । ३ सन्तानका बुवा बने । तर समयान्तरमा पुरै शरीर नचल्ने गरी प्यारालाइज्ड भए । 

उनको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ किताब संसारभर सबैभन्दा बढी बिक्री भएको मानिन्छ । 

हकिङको जन्म बेलायतमा ८ जनवरी १९४२ मा भएको थियो । सधैं व्हील चियरमा रहने उनले शारीरिक असक्षमताका बाबजुद मानिसले केसम्म गर्न सक्छ भन्ने मानक बनाएका छन् ।

सन् २०१४ मा उनको जीवनीमा आधारित द थ्योरी अफ एभ्रिथिङ नामक फिल्म रिलिज भएको थियो ।

अपडेट

वन प्लसले आफ्नो सिस्टम अपग्रेड गर्यो

वान प्लस स्टार्ट अपले स्मर्टफोन उत्पादनको सुरुवात २०१३ देखि सुरु गरेको हो । कम्पनीले दाबी गरे अनुसार सर्वसुलभ मुल्यमा.फ्याग्सीप स्मार्टफोन ल्याउने वान प्लस पहि…

इटहरीमा सुरु भयो सूचना प्रविधि मेला  ‘इन्फोटेक\'

सुनसरीको इटहरीमा पहिलो पटक सूचना तथा सञ्चार प्रविधि विशेष मेला बुधबारदेखि सुरु भएको छ । २३ गतेदेखि सुरु भएको हिक भिजन क्यान इन्फोटेक २०१८ मा ८० भन्दा ब…

अब मोबाइलमै ५० हजार शब्दले भरिएको \'हाम्रो नेपाली - English Dictionary\'