अपडेट
एन आइ सी एशिया बैंकले ल्यायो ग्राहकहरुका लागि १० प्रतिशत सम्मको क्यासब्याक अफर
एनआइसी एशिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनि भिसासँग सहकार्य गरि ग्राहकहरुका लागि हरेक सामान वा सुविधा खरिद गर्दा भिसा डेविट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा आफ्नो खातामा क्यास ( नगद ) फिर्ता हुने योजना ल्याएको छ ।
ग्राहकहरुले समान अथवा सुबिधाको खरिदका लागि पीओएस मेशिनको प्रयोग गर्नु पर्दछ । यसका साथै बैंकले ग्राहकहरुका लागि यो योजना फेव्रुअरी देखि मार्च सम्म जम्मा तीन महिनाको लागि ल्याएको हो ।
यस योजना अन्तर्गत भिसा डेबिट / क्रेडिट कार्ड प्रयोगकर्ताहरुले प्रत्येक महिना कार्डबाट गरिने पहिलो तीनवटा भुक्तानीमा १० प्रतिशत सम्म वा प्रति भुक्तानी रु ५ सय सम्मको नगद फिर्ता प्राप्त गर्नेछन् । यस योजनाबाट बैंकको भिसा डेबिड/क्रेडिट कार्ड प्रयोग गर्ने २ लाख ४० हजार भन्दा बढी ग्राहकहरु लाभान्वित हुने बैंकले बिश्वास लिएको छ ।
देशभरमा हाल बैंकका १ सय ६३ वटा शाखा कार्यालयहरु रहेका छन् ।यसका साथै ४ वटा बिस्तारित काउन्टर,१ सय ५६ वटा एटिएम मेशिन,५ सय १८ वटा पीओएस मेशिन लगायतबाट बैंकले देशभर आफ्ना सेवाहरु विस्तार गरिरहेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले जानकारी दिएका छन् ।
यसका साथै आगामी दिनमा बैंकले ग्राहकबर्गका लागि थप सेवा तथा सुबिधा प्रदान गर्दै जाने समेत बैंकका सहायक अधिकृत न्यौपानेले बताए ।
अपडेट
सकियो २४औं संस्करणको सुबिसु क्यान इन्फोटेक
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा सञ्चालित २४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोला’ मंगलबार सम्पन्न भएको छ ।…
२० बर्षको उपलक्ष्यमा डिजिकमको २० प्रतिशत छुटको घोषणा
चर्चित आईटी ब्राण्ड डिजिकमले आफ्ना सम्पूर्ण उत्पादनहरुमा २० प्रतिशत छुटको घोषणा गरेको छ । नेपालमा आफ्नो सेवाको २० वर्ष पूरा गरेको उपलक्ष्यमा कम्पनीले …
प्रविधिको कुम्भ मेला इन्फोटेकमा अफरै अफर, आज अन्तिम दिन
क्यान महासंघको आयोजनामा काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा सञ्चालन भइरहेको २४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटो…
नयाँ प्रविधिको ब्रान्डिङ गर्ने थलो बन्यो इन्फोटेक
काठमाडौंको भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोलाको’ को आज चौथो दिन ६०,२६२ जनाले अवलोकन गरेका छन् । आजसम्म २,…
क्यान इन्फोटेकमा डेढ लाखले गरे इन्फोटेकको अबलोकन, आइतबार बिजनेस डे
सूचना तथा सञ्चार प्रविधिको कुम्भमेला “सुबिसु क्यान इन्फोटेक २०१८ इन एसोसिएसन विथ मोटोरोला” मा तेस्रो दिन अवलोकनकर्ताको उत्साहजनक सहभागिता रह्यो…
२४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक’ सुरु
सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आइसिटी क्षेत्रलाई प्राथमिकतामा नराख्दासम्म मुलुकको आर्थिक समृद्धि नहुने बताउनु भएको छ । राजनीतिक गतिरोधका कारण …