कीवर्डहरू -

लुम्बिनी प्रदेशले सञ्चालनमा ल्यायो हेलो मुख्यमन्त्री कक्ष, यसरी गर्नुहोस् गुनासो

लुम्बिनी प्रदेशले सञ्चालनमा ल्यायो हेलो मुख्यमन्त्री कक्ष, यसरी गर्नुहोस् गुनासो

लुम्बिनी प्रदेशले हेलो मुख्यमन्त्री कक्ष सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारका गतिविधि तथा सेवा प्रवाहका सम्बन्धमा कुनै गुनासो, सूचना, जानकारी सम्प्रेषण गर्न/प्राप्त गर्न सहज होस्‌ भन्ने उद्देश्यले हेलो मुख्यमन्त्री कक्ष सञ्चालनमा ल्याएको हो ।

वार्षिक कार्यक्रम अनुसार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा हेलो मुख्यमन्त्री कक्षको स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

प्रदेश सरकार र प्रदेशवासीहरुका बिचमा सूचना आदान प्रदानमा सहजता ल्याउनको लागि दैनिक १४ घण्टा (विहान ६ बजेदेखि साँझ ८ बजे सम्म) कक्ष सञ्चालन हुनेछ ।

हेलो मुख्यमन्त्री कक्षमा टोल फ्री नम्बर १६६०७१५२००७, ल्याण्ड लाइन टेलिफोन नम्बार ०७१-५३५८०६, इमेल ठेगाना: [email protected], फेसबुक पेज: https://www.facebook.com/HelloCMLumbini र मोबाइल नं. ९८५७०८६४२८ बाट सम्पर्क गर्न सकिने छ ।

\"\"