कीवर्डहरू -

लुम्बिनीमा नेपाल बैंकको डिजिटल बैंकिङ साक्षरता अभियान

लुम्बिनीमा नेपाल बैंकको डिजिटल बैंकिङ साक्षरता अभियान

नेपाल बैंक लिमिटेडले मिति लुम्बिनी प्रदेशका सबैै जिल्लाहरूमा एकैसाथ डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

डिजिटल बैकिङ्गबारे जानकारी गराइ डिजिटल बैकिङ्गका प्रविधिहरूमा विद्यार्थीहरूलाई अभ्यस्त गराउनुका साथै वित्तीय पहुँच अभिवृद्धि गराउने उद्देश्यले लुम्बिनी प्रदेशका सबै १२ जिल्लाका ३३ शाखाहरूमार्फत उक्त कार्यक्रमहरू संचालन गरिएको बैंकले जानकारी दिएको छ ।

कार्यक्रममा तीन हजारभन्दा बढी विद्यार्थीहरूलाई वित्तीय साक्षरतासम्बन्धी ज्ञानमूलक जानकारी, नेपाल बैंकले लागू गरेका विभिन्न सेवा सुविधाहरू, डिजिटल बैंकिङ्ग, विद्यार्र्थी लक्षित शुभज्ञान बचत खाता साथै बैंकिङका विविध आयामहरूको बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूबाट प्राप्त जिज्ञासाहरूलाई सम्बन्धित शाखा प्रबन्धक र अन्य पदाधिकारीहरूले प्रष्ट पारेका बैंकले जनाएको छ ।

रूपन्देहीको बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, राममणि बहुमुखी क्याम्पस र पर्रोहा बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख, बैंकका प्रदेश प्रमुख र शाखा प्रबन्धकको उपस्थिति रहेको थियो भने अन्य जिल्लाका विभिन्न कार्यक्रमहरूमा सम्बन्धित क्याम्पस प्रमुख र शाखा प्रबन्धकहरू उपस्थित थिए ।

बैंकका लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुसालले नेपाल बैंकले विद्यार्र्थीहरूको हीतलाई ध्यानमा राखेर विभिन्न अफर सहितका आधुनिक सेवासुविधा ल्याइरहेकाले भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने बताए ।

८५ औ वर्ष प्रवेश गरेको देशकै पहिलो नेपाल बैंक लिमिटेडले हाल ७२ जिल्लामा २१३ शाखाहरू, १५० एटीएम र ४७ एक्सटेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकहरूलाई आधुनिक प्रविधियुक्त बैंकिङ सेवा पुर्‍याइरहेको   दाबी गर्छ ।