कीवर्डहरू -

लुम्बिनी प्राविधिक विश्वविद्यालयमा पहिलो पटक स्नातक तहमा आइटी कोर्ष सुरु

लुम्बिनी प्राविधिक विश्वविद्यालयमा पहिलो पटक स्नातक तहमा आइटी कोर्ष सुरु

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पहिलो पटक स्नातक तहमा आइटी कोर्ष सुरु गर्ने भएको छ । विश्वविद्यालयले पढाइ सुरु गर्नका लागि बुधबारबाट फर्म खुला गर्नेछ ।

२०७९ साल असारमा स्थापना भएको विश्व विद्यालयमा पाँच वटा कार्यक्रम कृषि, वन ,पर्यटन, सूचना प्रविधि र इन्जिनियरिङ सञ्चालन भैरहेको छ । त्यहीमध्ये सूचना प्रविधिमा ३ वटा कार्यक्रमहरु थप गरेको हो ।

स्नातक तहमा बी.टेक. इन आइटी, बीटेकसीएस एण्ड एआई र बी टेक आइटी इन्जिनियरिङ पढाइ सुरु गरेको विश्वविद्यालयका कुलसचिव रेग बहादुर भण्डारीको भनाइ छ ।

यसको भर्ना आवेदन  फर्म बुधवारदेखि असोज ७ गतेसम्म हुनेछ । प्रत्येक कोर्षमा ४८ जनाको भर्ना लिइने छ । यसको इन्ट्रास परिक्षा असोजको दोस्रो, तेस्रो हप्तामा हुने उनको भनाई छ ।

यो कोर्षमा विद्यार्थीहरुले ३ किसिमको छात्रावृत्ति पाउने छन् । उनका अनुसार एउटा न्युन शुल्क–८० देखि ९० हजारसम्म । यो १२ प्रतिशत विद्यार्थीले पाउने छन् । त्यस्तै पूर्णशूल्क ४ लाखदेखि ६ लाखसम्म, कुनै पालिकाले स्पोन्सर गरेको भएमा र विदेशी कोटाको लागि छात्रावृत्ति छुट्याइएको छ ।

यी तिनै कोर्र्ष पढ्नका लागि छात्रावृतिमा पढ्ने विद्यार्थीले १ लाखसम्ममा सक्नेछन् भने पूरै कोर्ष सक्नका लागि ४ लाखदेखि ६ लाख लाग्ने भण्डारीको भनाई छ ।

उनी भन्छन्, 'बीटेक इन आइटी सबैबाट आउन मिल्ने कोर्ष हो, बीटेक कम्प्युटर साइन्स इन एआई साइन्स ब्याग्राउण्डबाट आउने हो भने बीटेक आइटी इन्जिनियरिङ पनि साइन्स ब्यागग्राउउण्डबाट मात्रै आउन मिल्ने कोर्ष हो । यसमा छात्रावृत्ति पनि दिइन्छ । न्युनमा पर्ने विद्यार्थीले १ लाखसम्म ४ वर्षे कोर्ष सक्छन् भने पूर्णमा पर्ने विद्यार्थीले ४ लाखदेखि ६ लाखसम्म तिर्नुपर्ने हुन्छ । यो विश्वविद्यालयले कुनै पनि सम्बन्धन बाड्दैन । यो कार्यक्रम प्रदेश सरकार र विश्वविद्यालयले चाहेमा आङ्गिक कलेजमा सञ्चालन गर्न सकिन्छ ।’

लुम्बिनी प्राविधिक विश्वविद्यालय गत वर्ष स्थापना भएको हो । विश्व विद्यालयले पाँच वटा कार्यक्रम कृषि, वन,पर्यटन, सूचना प्रविधि र इन्जिनियरिङ सञ्चालन गरिहेको छ ।