कीवर्डहरू -

क्लाउड स्टोरेजका लागि माइक्रोसफ्ट आजुर : कस्ता छन् विशेषता ?

क्लाउड स्टोरेजका लागि माइक्रोसफ्ट आजुर : कस्ता छन् विशेषता ?

माइक्रोेसफ्ट आजुर माइक्रोेसफ्टले निर्माण गरेकोे एउटो क्लाउड सर्भिस हो । यो माइक्रोसफ्ट म्यानेज्ड डेटा सेन्टरको एक विश्वव्यापी सञ्जालको माध्यमले निर्माण, परीक्षण, टेस्टिङ र डिप्लोइङ र सेवाहरुको काम गरिन्छ । यसले एलएएएस, पिएएएस र एसएएएसको आधारभूत ढाँचाको रुपमा सफ्टवेयर प्रदान गर्छ र विभिन्न प्रोग्रामिङ ल्याङ्वेज, टुल्स र फ्रेमवर्कहरुलाई समर्थन गर्छ ।

माइक्रोसफ्ट आजुरले भचुअल नेटवर्किङ र विभिन्न मोबाइल सर्भिसहरु प्रदान गर्छ । यसले १०० भन्दा बढी किसिमका सेवाहरु दिँदै आएको छ । यसको शक्तिशाली डेटा र एआई सेवाहरु प्रयोग गरेर नयाँ एपहरु निर्माण गर्न सकिन्छ । तपाईंले क्लाउडमा मिडिया सृजना गर्न, व्यवस्थापन गर्न र वितरण गर्न पनि सक्नुहुन्छ ।

तपाईंको माग पूरा गर्न सरल र सर्भरलेस फङ्शनहरु प्रयोग गरेर सजिलै एपहरु बनाउनुहोस् । आजुर फङ्शनले उच्च विश्वासनीयता र सुरक्षाको साथ पूर्ण रुपमा व्यवस्थित गरिएको कम्प्युट प्लेटफर्म प्रदान गर्दछ । मिट लाइफ, फेड एक्स, वालमार्ट जस्ता विभिन्न कम्पनीहरुले माइक्रोसफ्ट आजुर प्रयोग गर्दै आइरहेका छन् ।

माइक्रोसफ्ट आजुर मेशिन लर्निङ स्टुडियोले विशेष डेभलपरहरुलाई लेख्न, टेस्ट गर्न जस्ता काममा मद्दत गर्छ । त्यसैगरी गूगलकोे क्लाउड मेशिन लर्निङ इन्जिनको मद्दतले मेशिन लर्निङ इन्जिनियरहरुलाई डीप लर्निङ लाइब्रेरीको आधारमा मोडल बनाउन सहयोग गर्छ । सबै तीनै वटा क्लाउड प्रोभाइडरहरुले विभिन्न सेवाहरु र एप्प चलाउन अनुमति दिन्छ ।

माइक्रोसफ्ट आजुर अनुमानित ४.३८ घण्टा प्रतिवर्षको डाउनटाइम हासिल गर्न विश्वस्त छ, जुन अरु कम्पनीले हासिल गर्न सक्दैनन् । गार्टनरले माइक्रोसफ्ट आजुरलाई २०१७ क्लाउड इन्फ्रास्ट्रक्चर सर्भिस सेवाको नेतृत्व गर्न सफल क्लाउड प्रोभाइडर मानेका छन् । माइक्रोसफ्ट आजुरका प्रोजेक्टहरु सुरक्षित हुन्छन् । किनभने आजुरले सुरक्षामा बलियो फोकस गर्दछ । डाटालाई जोखिमबाट हटाउनको लागि व्यवसायहरुका लागि आजुर सही विकल्प हुन सक्छ ।

प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार कम्प्युट स्केल घटबढ गराउन पनि सक्छन् र यो आजुरको एक मुख्य विशेषता हो । त्यहीसँगै यसका केही नराम्रा पक्षहरु पनि छन् । अन्य धेरै क्लाउड सर्भिस प्रोभाइडरहरु जस्तै आजुरलाई पनि विशेषज्ञताले व्यवस्थापन र निगरानी गर्नुपर्छ । यसमा चलिरहेको सबै भागहरुलाई कुशलतासाथ काम गराउन एक्पर्टाइजको आवश्यकता चाहिन्छ ।