कीवर्डहरू -

किन आवश्यक छ ब्लकचेन प्रविधि ?

किन आवश्यक छ ब्लकचेन प्रविधि ?

ब्लकचेन र एनएफटीले अहिले एकदमै धेरै प्रभाव पारिरहेको छ । ब्लकचेन अहिले एकदमै बढी कारोबारोको लागि प्रयोग गरिने प्रविधि हो । यसबाट केही समयमै सिधैं एक व्यक्ति बाट अर्को व्यक्ति कारोबारो गर्न सकिन्छ ।

ब्लकचेन भनेको पियर टु पियर (सहकर्मीहरु) बीचको नेटवर्क हो । ब्लकचेनभित्र विभाजित डाटाबेसहरु रहन्छन् । अर्थात् धेरैवटा कम्प्युटरहरुमा डाटाबेस धेरैवटा कपीमा अवस्थित हुन्छन् । र, तिनै कम्प्युटरहरुले पियर टु पियर नेटवर्क सिर्जना गर्दछन् ।

यसको मतलब यहाँ डाटाबेस तथा सर्भर सिंगल अथवा सेन्ट्रलाइज्ड हुँदैन । बरु ब्लकचेन डाटाबेस मेसिनको नेटवर्कभित्र छरिएर रहेको हुन्छ ।

त्यस्तै हरेक डाटाबेसले त्यो नेटवर्कमा नोडको भूमिका निर्वाह गर्ने गर्दछन् । ब्लकचेनमा ट्रान्जेक्सन पब्लिक कि क्रिप्टोग्राफीको प्रयोगद्वारा डिजिटल्ली साइन गरिएको हुन्छ ।

यसमा कारोबार गर्दा शुल्क पनि कम लाग्छ । यो बिटकोइन जस्तै हो । ब्लकचेनबाट पैसा पठाउन कुनै पनि बैंकको आवश्यकता पर्दैन ।

ब्लकचेन बिटकोइनको लागि सुरु भएको हो । ब्लकचेन ह्याक गर्न पनि गार्हो छ । किनभने यसलाई ह्याक गर्न एकैपटक हजारौ कम्प्युटरलाई ह्याक गर्नु पर्छ ।

ब्लकचेनमा डिजिटल लेजर राखिएको हुन्छ, जसलाई मानिसका विभिन्न कुराहरु रेकर्ड गर्न मिल्ने गरी प्रोग्राम्ड गरिएको हुन्छ । मानिसको जन्म तथा मृत्यु दर्ता, विवाह दर्ता, मेडिकल सर्टिफिकेट, इन्सुरेन्स क्लेम, एजुकेसनल डिग्री, इम्प्लोयमेन्ट कन्ट्र्याक्टलगायत अन्य थुप्रै आवश्यक डकुमेन्ट उक्त डिजिटल लेजरमा संग्रह गर्न सकिन्छ ।

फाइनन्सियल क्षेत्रका लागि विभिन्न बैंकहरुमा केवाईसी व्यवस्थापनका लागि ब्लकचेन झनै उत्कृष्ट प्ल्याटफर्म बनेको छ ।

एनएफटी नन फन्जिबल टोकन (एनएफटी) भनेको ब्लकचेनमा रेकर्ड गरिएको क्रिप्टोग्राफिक टोकन हो । यसले कुनै पनि डिजिटल कुरा कसको हो भनेर बताउन सक्छ ।

यो एक नौलो डिजिटल सर्टिफिकेट हो, जसले कुनै फोटो, भिडियो तथा डिजिटल एसेट कसको हो भनेर प्रमाण दिने गर्दछ ।

यो एउटा स्वामित्वको  टोकन हो, जसको भ्यालु रहन्छ । त्यसको मतलब, जब मानिसहरू एनएफटीमा किन्ने र बेच्ने गर्छन्, तब तीनीहरू केवल केही चीजहरूमा आफ्नो भर्चुअल स्वामित्वको खरिद र बिक्री गरिरहेका हुन्छन् ।

यो डुप्लिकेट वा स्वाप गर्न मिल्दैन् । अरु मान्छेहरुले स्क्रीनसट लिने, ट्वीट वा डिजिटल कपी निःशुल्क डाउनलोड  गर्ने जस्ता कार्य गर्न सक्छन् तर स्वामित्व अधिकारको डिलिटल कपी एनएफटीको मालिकसँग मात्रै हुने गर्दछ ।

कन्टेन्ट हराउने, बिग्रिने वा डिलिट हुने जे भएता पनि ब्लकचेनमा कुनै पनि एनएफटी सुरक्षित रुपमानै रहने गर्दछ । यसमा प्रयोगकर्ताहरुले आर्टवर्कनै खरिद गर्ने भन्ने चाहिँ हुँदैन्, केबल यसमा प्रयोगकर्ताहरुले कुनै निश्चित कन्टेन्टलाई प्रतिनिधित्व गर्ने टोकनमात्रै खरिद गरेका हुन् । यो टोकन आर्टवर्क भन्दा पनि बढि दुर्लभ हुने गर्दछ ।

बिटकोइन फन्जिबल हुने गर्दछ, यो नन फन्जिबल टोकन भएका कारणले कुनै अरु कुरासँग बदलिन सकिदैन् । यो एक ईथेरियम ब्लकचेनको हिस्सा हो ।

कुनै पनि डिजिटल कुरा जस्तो ड्रइङ, म्यूजिक वा मस्तिष्कबाट डाउनलोड गरेर एआईमा परिणत गरिएको चिज एनएफटी हुनसक्छ । अहिले धेरैजसोले प्रविधिलाई प्रयोग गरेर डिजिटल आर्ट बिक्री गर्न खोज्ने गर्दछन् ।

यसले तेस्रो पार्टीको संलग्नताद्वारा हुन सक्ने सम्भावित जोखिमको न्यूनीकरण गर्दछ । एनएफटी भरपर्दो तथा टिकाउ ब्लकचेनमा विभाजित नेटवर्क भएका कारण सेन्ट्रल पोइन्ट फेलियर तथा म्यालिसियस अट्याक थेग्न सक्छ ।

यसको लेयर ट्रान्जेक्सन कस्ट र लो ट्रान्जेक्सन फी हुने गर्दछ । यसले मल्टिपल लेजर प्रयोग गरिरहनुपर्ने जटिलतालाई घटाउँछ । त्यस्तै यसले तपाईको डिजिटल ओनरसीप कसैलाई पनि चोरी गर्न दिदैन् ।