कीवर्डहरू -

के हो ब्लकचेन प्रविधि ? के के छन् यसका फाइदा ?

के हो ब्लकचेन प्रविधि ? के के छन् यसका फाइदा ?

ब्लकचेन भनेको पियर टु पियर (सहकर्मीहरु) बीचको नेटवर्क हो । सन् २००८ को अक्टोबरमा बिटक्वाइनको प्रोपोजलको एक भागको रुपमा यसलाई परिचित गराइयो । ब्लकचेनभित्र विभाजित डाटाबेसहरु रहन्छन् । अर्थात् धेरैवटा कम्प्युटरहरुमा डाटाबेस धेरैवटा कपीमा अवस्थित हुन्छन् । र, तिनै कम्प्युटर हरुले पियर टु पियर नेटवर्क सिर्जना गर्दछन् ।

यसको मतलब यहाँ डाटाबेस तथा सर्भर सिंगल अथवा  सेन्ट्रलाइज्ड हुँदैन । बरु ब्लकचेन डाटाबेस मेसिनको नेटवर्कभित्र छरिएर रहेको हुन्छ । त्यस्तै हरेक डाटाबेसले त्यो नेटवर्कमा नोडको भूमिका निर्वाह गर्ने गर्दछन् । ब्लकचेनमा ट्रान्जेक्सन पब्लिक कि क्रिप्टोग्राफीको प्रयोगद्वारा डिजिटल्ली साइन गरिएको हुन्छ ।

पब्लिक कि क्रिप्टोग्राफीले पब्लिक र प्राइभेट गरी दुईवटा कीको प्रयोग गर्दछ, जसले यसलाई बलियो बनाउँछ । पब्लिक कीको प्रयोग पठाइएका मेसेजहरु साइन र इन्क्रिप्ट गर्न प्रयोग गरिन्छ र ट्रान्जेक्सन मेसेज प्राप्त गर्नेले प्राइभेट कीको प्रयोग गरेर उक्त प्राप्त भएको मेसेजलाई डिक्रिप्ट गर्ने काम गर्दछ । ब्लकचेन डाटाबेसको विभाजित प्रकृतिको कारणले नयाँ ट्रान्जेक्सनका सम्पूणर् डाटाहरु नेटवर्कको प्रत्येक नोडहरुमा प्रसारित गरिन्छ । फलस्वरुप स् ब्लकचेन एउटा ’वल्र्डवाइड लेजर’का रुपमा सिंक भइरहन्छ । यो कन्सेन्सस प्रोसेसद्वारा ब्लकचेनमा यो प्रक्रिया हुने गर्दछ ।

कन्सेन्सस प्रोसेस भनेको नोडहरुको मेजोरिटी सिस्टमसँग मिल्दोजुल्दो हुनु हो । यो प्रोसेस ब्लकचेनको एउटा नयाँ पद्धतिको की हो । ब्लकचेनको हरेक ब्लक ट्रान्जेक्सनको लिस्टले बनेको हुन्छ । त्यो हरेक ब्लकभित्र पनि ब्लक हेडर रहेको हुन्छ । फेरि त्यो हेडरभित्र पनि मेटाडाटाका तीन सेटहरु रहेका हुन्छन्  ।

ब्लकभित्र ट्रान्जेक्सनको बारेमा स्ट्रक्चर्ड डाटा रहेको हुन्छ । प्रुफ अफ वर्क एल्गोरिदमको बारेमा टायम स्ट्याम्प र डाटा रहन्छ । प्यारेन्ट ब्लकका लागि रिफरेन्स जुन ह्यास माध्यमको अघिल्लो ब्लक हो । जसले ब्लकचेनमा चेनको भाग निर्माण गर्दछ । चेन ब्लकमा रहेको हरेक ब्लकको यसको हेडरको ह्याससँग पहिचान हुन्छ ।

ब्लकचेनसँग धेरैओटा इन्डस्ट्रीहरुलाई विगठन गर्न सक्ने सामथ्र्य हुन्छ । यसले पद्धतिलाई स्वतन्त्र, सुरक्षित, पारदर्शी तथा कुशल बनाउँछ । उद्यमी, स्टार्टअप कम्पनी, इन्भेस्टर्स, ग्लोबल अर्गनाइजेसन तथा सरकारले ब्लकचेनलाई नयाँ पद्धतिको टेक्नोलोजीका रुपमा परिभाषित गरेका छन् ।

अहिलेको अवस्थामा धेरै जसो क्रिप्टोकरेन्सिजले ब्लकचेनको प्रयोग गर्छन् । क्रिप्टोकरेन्सिज बाहेक ब्लकचेन टेक्नोलोजीको आधारमा अन्य धेरैओटा एप्लिकेसनहरु विकसित गरिसकिएको छ ।

स्टक, बोन्ड, बौद्धिक सम्पदा तथा संगीत अथवा कलाजस्ता कुराहरुको डिजिटल मूल्यको स्वरुप सीधै पियर टु पियर नेटवर्कद्वारा बाहिरी व्यक्तिको हस्तक्षेपबिना नै सुरक्षित साथ पठाउन सकिन्छ ।

अहिले सम्पूणर् इन्टरनेटको दुनियाँका ई कमर्स बिजनेसहरु जस्तै : अमेजन, फ्लिप कार्ड तथा ई बे म्युजिक प्ल्याट फर्महरु जस्तै आइट्युन, पान्डोर, सावन त्यस्तै एग्रिगेटरहरु जस्तै : उबर ओला ओयो तथा युट्युबजस्ता कम्पनी थर्ड पार्टी बिजनेसमा आधारित रहेर चल्ने गर्छन् ।

ब्लकचेनले अहिलेको समयको बिजनेसको सम्पूणर् इको सिस्टमलाई नै परिवर्तन गर्नेछ र बिस्तारै थर्ड पार्टी सिस्टमको पनि अन्त्य हुनेछ । हकवालाले वस्तुको मूल्यको केही अंश मात्रै प्राप्त गर्छ भने मालिकले भने धेरै मूल्य प्राप्त गर्दछ ।

मानौं एउटा म्युजिसियनले आफ्नो गीत ब्लकचेनको इन्टरनेट मूल्यको आधारित रहेर अनलाइनमा राख्यो भने कसैले उसको गित सुनेमा, डाउनलोड गरेमा तथा पुनः प्रयोग गरेमा सीधै उसले त्यस बराबरको मूल्य प्राप्त गर्न सक्दछ ।

ब्लकचेनमा डिजिटल लेजर राखिएको हुन्छ, जसलाई मानिसका विभिन्न कुराहरु रेकर्ड गर्न मिल्ने गरी प्रोग्राम्ड गरिएको हुन्छ । मानिसको जन्म तथा मृत्यु दर्ता, विवाह दर्ता, मेडिकल सर्टिफिकेट, इन्सुरेन्स क्लेम, एजुकेसनल डिग्री, इम्प्लोयमेन्ट कन्ट्र्याक्टलगायत अन्य थुप्रै आवश्यक डकुमेन्ट उक्त डिजिटल लेजरमा संग्रह गर्न सकिन्छ । फाइनन्सियल क्षेत्रका लागि विभिन्न बैंकहरुमा केवाईसी व्यवस्थापनका लागि ब्लकचेन झनै उत्कृष्ट प्ल्याटफर्म बनेको छ ।

यसले त्रुटिहरु न्युनीकरण गर्दछ र प्रतिलिपिलाई हटाउँछ । लेजरले सम्पूणर् विवरणसहितको रेकर्डको हिस्ट्री नै देखाउन सक्दछ । स्मार्ट कन्ट्याक्ट ब्लकचेनमा आधारित उत्कृष्ट प्रडक्ट हो । स्मार्ट कन्ट्याक्ट सफ्टवेयरको एउटा टुक्रा हो, जसले राखिएको फाइनान्सियल रेकर्डलाई मल्टी पार्टी एग्रीमेन्टमा  स्वतः कार्यान्वयन हुनका लागि ब्लकचेनको उपयोगितालाई विस्तार गर्ने काम गर्दछ । कम मूल्य पर्ने, कुशल तथा पारदर्शिता ब्लकचेनका फाइदा हुन् ।

ब्लकचेनका एप्लिकेसनहरु परम्परागत रुपमा डाटाहरु सर्भरमा राखिन्छ, जसको सञ्चालन तथा स्वामित्व थर्ड पार्टी कम्पनीसँग रहेको हुन्छ । यसका केही बेफाइदाहरु रहेका छन् । डाटाहरुमा गडबढी हुन सक्छ, लिक हुन सक्छ अथवा यी डाटाहरु हराउन सक्छन् । ब्लकचेनको प्रयोगले डाटाहरु इनक्रिप्टेड हुन्छन् तथा कम्प्युटरका नेटवर्कहरुमा छरिन्छन् । ब्लकचेन धेरै प्रकारका एप्लिकेसनहरुमा प्रयोग गर्न सकिन्छ । एप्लिकेसनहरु निम्नानुसार छन् ।

बैंकिङ ब्लकचेनका प्रयोगका लागि करेन्सीको सेटलमेन्ट तथा पेमेन्ट, एस्सेट्स रजिस्ट्रिज, केवाईसी तथा एएमएल रजिस्ट्रिजलगायत अन्य थुप्रै क्षेत्रमा  बैंकहरुले धेरै खोज गरिरहेका छन् । हेल्थकेयर स्वास्थ तथा करेन्सीको सेटलमेन्ट तथा पेमेन्टजस्ता क्षेत्रहरुमा ब्लकचेन टेक्नोलोजीले डिजिटल सम्पत्तिको सुरक्षा गर्न सक्छ । ब्लकचेनको प्रयोग हेल्थ केयरको रेकर्ड राख्न प्रयोग गर्न सकिन्छ ।

यसको क्रिप्टोग्राफिक सेक्युरिटीले रिकार्डको से क्युरिटीलाई अझ मजबुत बनाउँछ । डिजिटल आइडेन्टिटी ब्लकचेनले धे रै राम्रो गोपनीयता तथा सुरक्षा प्रदान गर्दछ । आइडेन्टिटी म्यानेजमेन्टले ब्लकचेनको प्रयोगद्वारा सम्झौता पत्र रिटेल तथा इकमर्स चेनको हरेक विन्दुको पारदर्शिताले विवाद तथा जोखिमलाई घटाउने काम गर्दछ ।

ब्लकचेनले खरिदारीको आदतमा सुधार गर्न सहयोग गर्दछ, जसले गर्दा ग्राहकप्रतिको अनुभवमा वृद्धि हुन्छ । मिडिया न्युज पेपरका वेब साइटहरुले पाठकहरुबाट प्रतिमहिनाभन्दा पनि प्रतिपेज अथवा प्रतिलेख चार्ज लिने गर्दछन् । ब्लकचेनले संगीत, फोटो लगायत अन्य धेरै  बौद्धिक सम्पत्ति तथा रचनात्मक डिजिटल वस्तुहरुको सरक्षण गर्ने गर्दछ । ट्राभल एन्ड हस्पिटालिटी ब्लकचेनको विभाजित लेजरले गर्दा व्यवस्थापन प्रक्रियालाई सरल बनाउँछ ।

ट्राभल एन्ड हस्पिटालिटीजस्ता क्षेत्रहरुका लागि ब्लकचेनले उत्तरदायित्वहरुको राम्रो हिसाब राख्ने तथा सही समयमा हिसाबकिताब अद्यावधिक गरी सन्तुलन मिलाउनेजस्ता कार्य गर्ने प्रोग्रामहरु समावेश गरेको छ । पब्लिक सेक्टर ब्लकचेनले पब्लिक सेक्टरमा अभिलेख राख्ने कार्यलाई सुधार गर्न सक्दछ ।  विभाजित लेजर्मा पारदर्शी प्रणाली प्रतिस्थापन गरिएको कारणले धोका अथवा भ्रष्टाचारलाई ब्लकचेनले घटाउँछ । यातायातको रजिस्टर गर्न, व्यक्तिहरुको डिजिटल पहिचान राख्न तथा भोटिङ रेकर्ड राख्न ब्लकचेनको प्रयोग गरिन्छ ।

ब्लकचेन प्रविधिका फाइदाहरु

ब्लकचेन प्रविधिका फाइदाहरु निम्नानुसार छन् ट्रस्टलेस एक्सचेन्ज दुईओटा पार्टीहरुले अरु कुनै मध्यस्थकर्ता अथवा तेस्रो पार्टीबिना पनि आफ्ना प्रडक्ट साटासाट गर्न सक्छन् । यसले तेस्रो पार्टीको संलग्नताद्वारा हुन सक्ने  सम्भावित जोखिमको न्यूनीकरण गर्दछ । ब्लकचेनले मध्यस्थकर्ताको आवश्यकतालाई छोडेर पियर टु पियर ट्रान्जेक्सनलाई अपनाउँछ । सशक्त प्रयोगकर्ताहरु सूचना तथा ट्रान्जेक्सनमा प्रयोगकर्ताहरुको नियन्त्रण रहन्छ ।

हाई क्वालिटी डाटा ब्लकचेनमा डाटाहरु पूणर्, तर्कसंगत तथा  सही समयमा राखिएको हुन्छ । भरपर्दो तथा टिकाउ ब्लकचेनमा विभाजित नेटवर्क भएका कारण सेन्ट्रल पोइन्ट फेलियर तथा  मलिसियास अट्याक थेग्न सक्छ । सबै ट्रान्जेक्सनहरु ह्याक नहोऊन् भनेर सुरक्षित गरिएको हुन्छ ।

ट्रान्सपारेन्सी पब्लिक ब्लकचेनमा गरिएका सम्पूणर् परिवर्तनहरु पारदर्शी हुन्छन् । त्यहाँ भएका ट्रान्जेक्सनहरुलाई परिवर्तन गर्न तथा डिलिट गर्न भने मिल्दैन । सरलता सम्पूणर् ट्रान्जेक्सनहरुलाई छुट्टाछुट्टै पब्लिक लेजरहरुमा  प्रविष्ट गरिएको हुन्छ । त्यसकारण यसले मल्टिपल लेजर प्रयोग गरिरहनुपर्ने जटिलतालाई घटाउछ । फास्ट ट्रान्जेक्सन इन्टरबैंक ट्रान्जेक्सनहरु क्लियर गर्न धेरै दिन लाग्न सक्छ । तर ब्लकचेन ट्रान्जेक्सनले भने ट्रान्जेक्सन टायम घटाएर मिनटमै उक्त काम गर्न सहयोग गर्दछ । लोयर ट्रान्जेक्सन कस्ट लो ट्रान्जेक्सन फी भएका कारण ब्लकचेनलाई थोरै कस्ट पर्छ । यसमा थर्ड पार्टीलाई तिर्नपर्ने खर्चमा पनि कटौती हुन्छ, त्यसकारण ब्लकचेनको फाइदा कम ट्रान्जेक्सन कस्ट पनि हो ।