कीवर्डहरू -

ब्लकचेन मिटअप सम्पन्न, ब्लकचेन प्रविधि बारे छलफल

ब्लकचेन मिटअप सम्पन्न, ब्लकचेन प्रविधि बारे छलफल

बबरमहलको क्याफे कोड्समा ब्लकचेन मिटअप सम्पन्न भएको छ । क्लक बि बिजनेश टेक्नोलोजीको सहकार्य ब्लकचेन मिटअप सम्पन्न भएको हो ।

कार्यक्रममा ब्लकचेन डेभलपर, सम्बन्धित क्षेत्रको विज्ञ र ब्लकचेन प्रेमीहरुको सहभागिता रहेको थियो । २० जना बढी सहभागिता रहेको सो कार्यक्रममा विज्ञहरुले ब्लकचेन प्रविधिको बारेमा विभिन्न प्रस्तुती दिएका थिए ।

यस कार्यक्रमले नेपालमा पनि ब्लकचेन प्रविधिमा चासो बढ्दै गएको आयोजकले जनाएको छ । सो कार्यक्रममा नेपालमा ब्लकचेनको सम्भावनाको बारेमा पनि छलफल भएको थियो ।