कीवर्डहरू -

गूगल म्यापमा आयो नयाँ एआर टूल 

गूगल म्यापमा आयो नयाँ एआर टूल 

गूगलले आफ्नो गूगल म्यापमा नयाँ एआर टूल हालेको छ । गूगलले केही दिन अघि गूगल म्याप चलाउन सजिलो पार्नको निम्ति केही अरु अपडेटहरु पनि ल्याएको छ ।

नयाँ एआर फिचरले कुनै ठाँउ या व्यवसायलाई दृश्यको रुपमा हेर्ने अवसर दिन्छ । गत साल गूगलले लाइभ भ्यू भन्ने फिचर ल्याएको थियो जसले एआरको मद्दतले पुरै सहर घुमाइदिन सक्थ्यो ।

अहिलेको नयाँ फिचरको प्रयोगले प्रयोगकर्ताहरुले फोनको क्यामेरामा निलो रङ्गको डटलाई पछयाएर गन्तव्यमा पुग्न सक्छन् । गूगलले लाइभ भ्यूलाई पनि परिमार्जित गरेकाले अब यो फिचर मल्टि मोडेल नेभिगेसन अन गर्दा पनि चल्ने गर्दछ ।

आफ्नो लोकेसन सेयर गर्दा या कसैको लोकेसन पाउँदा पनि लाइभ भ्यू चलाउन सकिन्छ । गूगलले लोकेसन पीनलाई पनि अझै सही बनाएको छ ।

तपाईको गन्तव्य कति उचाइमा छ भनेर पनि यसले भन्ने गर्दछ । म्यापको नयाँ ल्याण्डमार्क फिचरले भने २५ ओटा शहरहरुलाई सहयोग गर्नेछ ।

एजेन्सीको सहयोगमा