कीवर्डहरू -

प्रेसिडेन्सियल आइटी कन्क्लेभ शुरू, आईटी करियर, एआई र मेटाभर्स बारे छलफल हुँदै

प्रेसिडेन्सियल आइटी कन्क्लेभ शुरू, आईटी करियर, एआई र मेटाभर्स बारे छलफल हुँदै

होटल याक एण्ड यतीमा प्रेसिडेन्सियल आइटी कन्क्लेभ शुरू भएको छ । प्रेसिडेन्सियल बिजनेस स्कुल र लिभिङ विथ आइसिटीले आयोजना गरेको उक्त कन्क्लेभ शुरू भएको हो ।

दोस्रो संस्करणको रुपमा आयोजना हुन लागेको कन्क्लेभमा पछिल्लो समयका प्रविधिहरु र त्यसले ल्याएको व्यवसायिक परिवर्तन बारे छलफल गरिनेछ ।

आइटी पढ्न खोज्ने तथा यस क्षेत्रमा करियर बनाउन खोजीरहेका र आइटीका इमर्जिङ ट्रेन्ड र रिसर्चमा चासो राख्नेहरुको लागि यो कार्यक्रम महत्वपूर्ण हुने आयोजकको भनाइ छ ।

कार्यक्रमको किनोट स्पीकरणको रूपमा प्रोफेसर डा.शसिधर राम जोशीको उपस्थिति रहेको छ । यस कन्क्लेभमा ३ महत्वपूर्ण प्यानल सेसनहरु सञ्चालन हुनेछन् ।

\"\"

पहिलो सेसनको छलफलमा एशोसिएट प्रोफेसर डा. बालकृष्ण बल, डा. विशेष खनाल, एसोसियट प्रोफेसर डा.सञ्जिब प्रसाद पाण्डे र प्रनिता कार्की रहेका छन् । पहिलो सेसन नेपालको सन्दर्भमा आईटी रिसर्च र इन्नोभेसन विषयमा छलफल हुनेछ ।

नेपालमा आईटी करियर विषयमा हुने दोस्रो सेसनमा दृष्टि कन्साकार, प्रकाश अर्याल, यास्मिन भट्टराई र राजन कोइराला वक्ताका रूपमा रहेका छन् भने अन्तिम सेसनका लागि प्रमोद पराजुली, रुचिन सिहं, डा.भोगेन्द्र मिश्र र मोना न्याच्छ्योनको सहभागिता रहनेछ ।

अन्तिम सेसनमा एआई, ब्लकचेन र मेटाभर्सको विषयमा छलफल हुनेछ । कार्यक्रममा प्यानल डिस्कसनसँगै क्यूएनए सेसन पनि राखिएको छ ।


सम्बन्धित समाचार