कीवर्डहरू -

अटोमेसनको बढ्दो प्रयोग, मानवलाई नै नियन्त्रण गर्ने त होइन ?

अटोमेसनको बढ्दो प्रयोग, मानवलाई नै नियन्त्रण गर्ने त होइन ?

आजभोलि ठुल्ठुला सपिङ मल र बैंकका भवनमा ढोका आफै खुन्ने र बन्द हुने गर्छन् ।

रोकिएको एस्केलेटर हामीले खुट्टा राख्नासाथ चल्छ । न कुनै बटन थिच्नुपर्छ न कुनै आग्रह नै गर्नुपर्छ । मेसिनले आफै आफ्नो काम गर्छ ।

हो, यहि नै स्वचालन अर्थात प्राविधिक भाषामा भन्नुपर्दा ‘अटोमेसन’ ।

सामान्य भाषामा भन्नु पर्दा यो कुनै पनि प्रकियामा मानव हस्तक्षेप न्यूनिकरण गर्ने माध्यम हो ।जहाँ विभिन्न उपकरण र संयन्त्रले स्वचालित रुपमा कार्य गर्छन् र चाहिएको नतिजा प्रदान गर्छन् ।

एक्काइसौं शताब्दीको प्राविधिक विकासले स्वचालनका नयाँ आयामहरु खोलिदिएको छ भने यसको प्रयोगमा पनि उछाल आएको छ ।

आज अत्याधुनिक उपकरणहरु बनाउने कम्पनीहरु स्वचालनका नयाँ आयामहरुको खोज र अनुशन्धानहरुमा जुटेकाछन् भने आविष्कारहरुको पनि नयाँ लर्को नै लागेको छ ।

आजका दिनमा यो विषय प्रतिस्पर्धाको विषय पनि बनेको छ । मानव सभ्यतालाई विकास गर्न अति महत्वपु्र्ण मानिए छ । साथै, भविष्यको प्रविधिको मेरुदण्द भएकोले पनि यसलाई निकै चासोको रुपमा लिइएको छ ।

स्वचालनले उत्पादन दरलाई बढाउने, कार्यक्षमताको विस्तार गर्ने, उत्पादित वस्तु वा सेवाको गुणस्तरलाई उच्च राख्ने, समयको वचत गर्ने भएकाले पनि यसको प्रयोग सहजै स्वीकार्य हुदै आएको छ ।

उत्पादन र गुणस्तर वृद्धि यसका प्रमुख पाटा मानिन्छन् । आज कारखानादेखि अस्पताल, कृषि, प्रशासनिक कार्यमा पनि यसको प्रयोग निकै बढेको छ । सबै ठाउँमा सहजै स्विकार्य हुदै आएको छ ।

कुनै पनि स्वचालित उपकरणमा विभिन्न सेन्सरको अत्याधिक प्रयोग गरिएको हुन्छ । यिनै सेन्सरहरुले वातावरणमा आएको कुनै पनि सानोभन्दा सानो बदलावलाई पत्ता लगाएर उपकरणलाई त्यस बदलावअनुरुप कार्य गर्न निर्देशन दिन्छ र उपकरणले त्यसैअनुरुप कार्य गर्छ ।

त्यस्ता सेन्सर र कार्य गर्ने उपकरण छुट्टाछुट्टै रहन पनिसक्छन् ।  जसमा नेटवर्किङको माध्यमबाट सूचना आदानप्रदान हुने गर्छ ।

कृषिलाई नै उदाहरण लिएर हेर्ने हो भने विभिन्न हरित गृह र कृषि फर्ममा नै स्वचालित सिंचाईको ब्यवस्था सुरु भैसकेको छ ।

यहाँ माटोको नमी र चिसोपन कमी हुनासाथ उपकरणमा राखिएको पानीलाई उपकरणले आफै छर्ने र अन्य अपकरणहरुको सहायताले तापक्रम स्थिर राख्ने कार्य हुने गछैन ।

‘स्मार्ट फार्मिङ’कोरुपमा आज कृषि क्षेत्र नयाँ पुस्ताको आकर्षण बन्नमा पनि अटोमेसनले सहयोग गरेको छ ।

अटोमेसनको अकर्को उदाहरण हो स्वचालीत गाडी, बहुप्रसिद्ध अमेरीकन कम्पनी टेस्लाले आज बजारमा स्वचालीत गाडीहरु ल्याईसकेको छ ।

यसलाई स्वचालनको अर्को ठूलो उपलब्धी मान्न सकिन्छ । यसले सडकमा हुने दुर्घटना न्युनीकरणमा निकै ठूलो भूमिका खेल्नेमा कुनै शंका छैन किनभने मेसिनको ध्यान हट्ने सम्भावना अत्यन्त न्यून रहेको छ ।

हाम्रो जीवनका विभिन्न पाटाहरु स्वचालनमा निर्भर भइसकेका छन् । बिहान उठ्दा अर्लाम होस् वा खाना पकाउने राईस कुकर, भित्ताको बल्ब होस् वा एसीको तापक्रम हामी लगभग स्वचालसँंगै घुलमिल भैसकेका छौं । यसले हाम्रो दैनिक जीवनमा पनि सहजता ल्याएको छ ।

साथै, निकै छिटो वातावरणीय बदलावमा निर्णय लिन सक्ने भएकाले यसले दुर्घटना हुनबाट बचाउने उत्पादकहरुको विश्वास रहेको छ ।

यतिमात्रै नभएर हाम्रो जीवनका विभिन्न पाटाहरु स्वचालनमा निर्भर भइसकेका छन् । बिहान उठ्दा अर्लाम होस् वा खाना पकाउने राईस कुकर, भित्ताको बल्ब होस् वा एसीको तापक्रम हामी लगभग स्वचालसँंगै घुलमिल भैसकेका छौं । यसले हाम्रो दैनिक जीवनमा पनि सहजता ल्याएको छ ।

अर्कोतिर, सहजतासंँगै विभिन्न जोखिम, चुनौति र समस्याहरु पनि थपिदै गएका छन् ।
प्रत्येक कुरामा मसिन र अटोमेसनको प्रयोगले रोजगारीको अवसर निकै कमहुदै आएको छ  । भविश्यमा अझै कम हुदै जाने निश्चय छ ।

यसले बेरोजगारीको समस्यालाई अझै उग्र बनाउदै लैजाने छ । साथै, अर्को मुख्य चुनौति भनेको यसको पुँजीगत खर्च पनि हो । अत्याधुनिक उपकरणहरुको प्रयोग आवश्यक हुने र त्यस्ता उपकरणहरु सामान्यता महगों हुने भएकाले पनि यसको सर्वब्यापी प्रयोग चुनौीतका रुपमा देखा परेको छ ।

सँसगैं यसको अत्याधिक प्रयोग र विकासले कतै मानव सभ्यता नै मानव निर्मित उपकरण र मेसिनको अधिनमा हुने त होइन ? भन्ने जस्ता प्रश्नहरु पनि उठाएको छ ।

समग्रमा भन्नुपर्दा अटोमेसन मानव जातिको एउटा स्वर्णिम आविस्कार हो । यसको नियन्त्रित प्रयोगले मानिसलाई विभिन्न क्षेत्रमा अझै कुशलता र प्रभावकारिताका साथ कार्य सम्पन्न गर्न सहयोग गर्नेमा दुई मत नै छैन ।

यसको विकासलाई अझै नयाा उचाईमा पुर्याउन अझै धेरै खोज र अनुसन्धानहरु आवशयक छन् र भोलिको युग स्वचालनको युग हुने भएकाले पनि यसलाई राष्ट्रले आफ्नो एजेन्डाको रुपमा अगाडी बढाउदै जानु आवश्यक छ ।

(सीटीईभीटीमा कम्प्युटर एप्लिकेसनमा डिप्लोमा गरेका न्यौपाने हाल नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था सातदोबाटोमा चार्टर्ड काउन्टेन्सी र शंकरदेव क्याम्पसमा बीबीएस गर्दै छन् ।)